उम्मेदवार सिफारिसले एमाले दोलखामा भाँडभैलो, उपसचिवसहित १० नेताको राजीनामा घोषणा « Khabarhub

उम्मेदवार सिफारिसले एमाले दोलखामा भाँडभैलो, उपसचिवसहित १० नेताको राजीनामा घोषणा


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

दोलखा -नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा विवाद उत्पन्न भएको छ।

एकलौटी उम्मेदवार सिफारिस गरिएको भन्दै एमाले दोलखाका उपसचिव तथा प्रचार विभाग प्रमुख हरि ओलीसहित १० जना भन्दा बढीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

शनिबारदेखि बसिरहेको जिल्ला कमिटी बैठकमा अध्यक्ष नरबहादुर श्रेष्ठ र पूर्वमन्त्री पार्वत गुरुङले सिफारिस एकलौटी ढंगले गरेको भन्दै उम्मेदवारका आकांक्षी बालकृष्ण शिवाकोटी, रचना खड्का, श्याम बस्नेत र डबल पाण्डेले विरोध जनाएका थिए।

बैठकमा हात हालाहाको अवस्थासमेत भएको छ। उपसचिव ओलीले अध्यक्ष श्रेष्ठको उम्मेदवार सिफारिस गर्ने शैली गुण्डागर्दीपूर्ण भएको आरोप लगाएका छन्।

एमाले जिल्ला कमिटीले यस विवादलाई लिएर जारी गरेको विज्ञप्तिमा चरिकोटमा बसेको एघारौं पूर्ण बैठकमा उम्मेदवारसम्बन्धी एजेन्डा प्रक्रियागत ढंगले राखिएको जिकिर गरेको।

बैठकमा उपस्थित सदस्यहरूले सबैलाई तीन मिनेट बोल्न पाउने व्यवस्था गरिएको जनाउँदै ६० प्रतिशत सहभागीले आफ्नो धारणा प्रस्तुत गरेका विज्ञप्तिमा जनाइएको छ।

पार्टीका केन्द्रीय सदस्य पार्वत गुरुङ, रचना खड्का, श्याम बस्नेत, डबल पाण्डे र बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटी लगायतका अतिथिले उम्मेदवार हुने इच्छा व्यक्त गरेका वक्तव्यमा उल्लेख छ।

बहुमतले पार्वत गुरुङलाई एकल उम्मेदवारको रूपमा सिफारिस गर्ने निर्णय गरेसँगै पार्टीले उम्मेदवारको निर्णयलाई वैधानिक र आधिकारिक ठहर गरेको जनाएको छ।

अध्यक्ष श्रेष्ठले प्रेस वक्तव्यमार्फत् पार्टी निर्णयविरुद्ध हुने पत्रकार सम्मेलन, अनुशासनहीन प्रचारवाजी वा अन्य गतिविधिमा सहभागी नहुने अपीलसमेत गरेका छन्।

यस घटनाले दोलखामा एमालेभित्रको आन्तरिक असहमति र उम्मेदवार सिफारिस प्रक्रियामा विधि तथा शैलीको मुद्दालाई सार्वजनिक गरेको छ।

पार्टी नेतृत्व भने आफ्नो निर्णयलाई वैधानिक र आधिकारिक ठहर गर्दै विरोध गतिविधिबाट बच्न आग्रह गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ६ : २२ बजे

विश्वकपमा हारपछि विवादमा बेलिङ्घम, उत्सव मनाइरहेका अर्जेन्टिनी खेलाडीसँग धक्कामुक्का

एटलान्टा- फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ को हार बेहोरेपछि इंग्ल्यान्डका

केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)

काठमाडौं– बिहीबार दिउँसोको वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज

अलपत्र आयोजना सम्पन्न गर्न सरकारको ३० दिने अल्टिमेटम

काठमाडौं- सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू सम्पन्न गराउन

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा