साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु « Khabarhub

साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

एडेन, यमन – यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी)का कम्तिमा ८० सैनिकहरू मारिएका छन् । शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाईं र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले ८० जनाकाे मृत्यु भएकाे जानकारी दिए ।

“संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका कम्तिमा ८० जना मारिएका, १३० जनालाई बन्धक बनाइएको र १५२ सदस्य घाइते भएका छन्,” समूहका अधिकारीले बताएका छन् ।

साउदी समर्थित सेनाले शुक्रबार युएई समर्थित एसटिसीले कब्जा गरेको भूभाग फिर्ता लिन अभियान सुरु गरेको छ । रियाद र अबु धाबीको समर्थन प्राप्त सेनाहरूबीच प्रभुत्वको लागि भएको सङ्घर्षले दुई खाडी सहयोगीहरूबीचको दरार गहिरो बनाएको छ ।

साउदी नेतृत्वको गठबन्धनले पृथकतावादीको कब्जामा रहेको सैन्य शिविरलाई लक्षित गरी गरेको आक्रमणमा अधिकांश मृत्यु भएको अधिकारीले बताएका छन् ।यमनी एसटिसी पूमुखले शनिबार एसटिसीले संसाधन–सम्पन्न हद्रामावाटलाई पुनः कब्जा गर्ने घोषणा गरेको छ ।

रियाद–समर्थित सरकारी सैन्य अधिकारीहरूले पनि शनिबार छिमेकी माहरा प्रान्तका अधिकारीहरूले कुनै प्रतिरोध बिना आफ्नो निष्ठा फिर्ता लिएको बताएका छन्।साउदी समर्थित सेनाले आइतबार हद्रामावाट प्रान्तको राजधानी मुकल्लामा आफ्नो उपस्थितिलाई मजबुत बनाउने काम गरिरहेको दुई सरकारी सैन्य अधिकारीले एएफपीलाई बताएका छन् ।

रियाद र अबु धाबीले यमनको विभाजित सरकारमा लामो समयदेखि प्रतिद्वन्द्वी समूहहरूलाई समर्थन गर्दै आएका छन्। एसटिसीले डिसेम्बरमा गरेको आक्रमणमा उसले हद्रमावाट र माहरालाई नियन्त्रणमा लिएको थियो । यसले साउदी अरबलाई आक्रोशित बनायो, जसले दुई तेल–धनी शक्तिहरूबीचको सम्बन्धमा तनावको सिर्जना गर्यो ।

साउदी नेतृत्वको गठबन्धनले गत हप्तामा बारम्बार पृथकतावादीहरूलाई कथित इमिराती हतियार ढुवानी रोक्न चेतावनी दिएको र हवाई आक्रमण गरेको छ । शुक्रबार हद्रामावतस्थित अल–खाशा सैन्य शिविरमा भएको आक्रमणमा २० जनाको मृत्यु भएको थियो ।

शनिबार एसटिसीका एक सैन्य अधिकारीले एएफपीसँग भने,“साउदी युद्धक विमानहरूले मुकल्लाको पश्चिममा रहेको बार्सिदमा समूहको अर्को शिविरमा ‘व्यापक’ हवाई आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : ३६ बजे

चुनाव नजिकिएसँगै सुरू भयो दिल्ली दौड, प्रचण्डपछि आरजु पनि उडिन्

काठमाडौं- नेपालमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने अवस्था बन्दै

रानी मुखर्जी र अक्षय कुमार ‘ओ माई गड ३’ मा एकसाथ

काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जी ‘ओ माई गड

दुई घण्टा ढिलो गरेर सुरू भयो रास्वपाको एकता सभा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को बृहत् राजनीतिक समायोजन घोषणा सभा

विभाजनको आशंकाबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं- विभाजनको आशंकाबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ललितपरको

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१-८२ को वार्षिक