रचना रिमाल र म्याक्स बाबुको स्वरमा ‘लाग्छ सरमै’ सार्वजनिक « Khabarhub

रचना रिमाल र म्याक्स बाबुको स्वरमा ‘लाग्छ सरमै’ सार्वजनिक


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा गीत सार्वजनिक गरेका छन् । चर्चित गायिका रचना रिमाल र म्याक्स बाबुको स्वरमा रहेको ‘लाग्छ सरमै’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजतिक गीत ‘लाग्छ सरमै’कै भिडियोमा नायिका गरिमा शर्मासँग म्याक्स बाबुले अभिनय गरेका छन् । कला र सिर्जनशीलतालाई जीवन यात्रासँग जोड्दै आएका उनले यो सांगीतिक प्रस्तुतिले नेपाली गीत–संगीत क्षेत्र र नेपाली समुदायमा विशेषस्थान बनाउने विश्वास व्यक्त गरेका छन् ।

म्याक्स बाबु गीत–संगीतसँगै हास्य क्षेत्रमा पनि सक्रिय छन् । दुई दशकदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका म्याक्स बाबुले सिड्नीको आइकोनिक थिएटर, राउण्ड हाउसजस्ता ठूला इभेन्टहरूमा प्रस्तुति दिएका छन् । पछिल्लो समय नेपाली चलचित्र ‘पीआर’ मा समेत उनको अभिनय देख्न सकिन्छ ।

कुन्ती मोक्तान, रामकृष्ण ढकाल, शिव परियार, रचना रिमाल, समीक्षा अधिकारीलगायत चर्चित कलाकारसँग मञ्च साझा गरिसक्नुभएका म्याक्स बाबु आफ्नो नयाँ गीतले युवा पुस्तादेखि वृद्धवृद्धासम्मको मन जित्नेमा आशावादी छन् ।

पूर्वी नेपालको ताप्लेजुङमा जन्मिएका म्याक्स बाबु सन् २००८ मा विद्यार्थीका रूपमा अष्ट्रेलिया गएका थिए । प्रारम्भिक संघर्षपछि निरन्तर मिहिनेत र आत्मविश्वासका साथ उनले सन् २०१५ मा सिड्नीको रकडेलमा ‘एभरेष्ट बुचरी’ स्थापना गरे । दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएका उनले हालै ‘कन्ट्री फ्रेश रकडेल’ सञ्चालनमा ल्याउनुभएको छ, जसको उद्घाटन न्यू साउथ वेल्सका प्रिमियरद्वारा गरिएको थियो ।

न्यू साउथ वेल्स राज्यबाट एकै वर्षमा तीन पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली मूलका व्यक्ति बनेका उनको काम त्यहाँको राष्ट्रिय मिडिया ‘द लिडर’मा समेत फिचर भएको छ । व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएका म्याक्स बाबु ‘भिजन फर मोटिभेसन’ नामक गैर–नाफामूलक संस्थाका संस्थापकसमेत हुन् जसले नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हितमा विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

म्याक्स बाबुको यात्रा संगीत र अभिनयमा मात्र सीमित छैन । उद्यमशीलता र कलाकारितालाई सन्तुलित रूपमा अघि बढाउँदै आएका उनी व्यावसायिक सफलतासँगै सांस्कृतिक पहिचान जोगाउने अभियन्ताका रूपमा पनि चिनिन्छन् । मञ्चमा होस् वा व्यवसायमा, उनीको प्रस्तुतिमा आत्मविश्वास, मिहिनेत र नेपालीपनको स्पष्ट झल्को देखिन्छ, जसले उहाँलाई उद्यमी–कलाकारको प्रेरणादायी पहिचान दिलाएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : २४ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को