कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने « Khabarhub

कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म ‘एचपीभी’ खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका पाँच हजार ५०० छात्रा तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ ।

स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुवँरका अनुसार यस वर्षको अभियानमा कक्षा ६ मा पढ्दै आएका छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किसोरीलाई खोप लगाउने तयारी गरिएको छ। गत वर्षको अभियानमा खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालयरका कोल्डचेन अधिकृत कुवँरले बताए। 

‘प्रत्येक विद्यालयमा खोप केन्द्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ’, अधिकृत कुवँरले भने, ‘विद्यालयमा खोप लगाउन छुटेका वा विद्यालय बाहिर रहेका किशोरीका लागि फागुन १ गते नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको छ ।’

विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकअनुसार पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा उच्च जोखिमयुक्त मानिन्छ । नेपालमा पनि महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा रहेको र यसको मुख्य कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) रहेको अध्ययनले देखाएका छन् ।

स्वास्थ्य अधिकारीका अनुसार यौन सम्पर्क हुनुपूर्व किशोरी अवस्थामै यो खोप लगाउनु क्यान्सर रोकथामका लागि सबैभन्दा प्रभावकारी उपाय हो । सुरुवाती चरणमा खासै लक्षण नदेखिने यो रोगबाट बच्न खोपका साथै ३० वर्ष पूरा भएका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ) गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

सरकारले यस रोगको भार कम गर्न राष्ट्रिय खोप कार्यक्रममार्फत देशभरका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १२ : ५९ बजे

मल अभाव हुन नदिन सरकार तत्पर छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो