नयाँ न्यायाधीश नियुक्ति नगर्न न्याय परिषद्‌मा आयोगको पत्र « Khabarhub

नयाँ न्यायाधीश नियुक्ति नगर्न न्याय परिषद्‌मा आयोगको पत्र


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नयाँ न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै निर्वाचन आयोगले न्याय परिषद्लाई औपचारिक पत्र पठाएको छ।

न्याय परिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा परिषद्‌मा पत्राचार गरेपछि त्यसको जवाफस्वरूप आयोगले आचारसंहिता उल्लंघन हुने भन्दै नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।

आयोगका अनुसार ४ माघदेखि निर्वाचन आचारसंहिता लागू भइसकेकाले सो अवधिमा न्याय परिषद्बाट नयाँ न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्णय गरिएको छ।

यसअघि केही साताअघि लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरू नियुक्त भइसकेका छन् भने उनीहरूको पदस्थापनाको प्रक्रिया जारी छ। तर, परीक्षा बाहेक ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्न न्याय परिषद्ले आयोगमा पत्राचार गरेको थियो।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १ : ४६ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६