नयाँ न्यायाधीश नियुक्ति नगर्न न्याय परिषद्‌मा आयोगको पत्र « Khabarhub

नयाँ न्यायाधीश नियुक्ति नगर्न न्याय परिषद्‌मा आयोगको पत्र


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नयाँ न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै निर्वाचन आयोगले न्याय परिषद्लाई औपचारिक पत्र पठाएको छ।

न्याय परिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा परिषद्‌मा पत्राचार गरेपछि त्यसको जवाफस्वरूप आयोगले आचारसंहिता उल्लंघन हुने भन्दै नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।

आयोगका अनुसार ४ माघदेखि निर्वाचन आचारसंहिता लागू भइसकेकाले सो अवधिमा न्याय परिषद्बाट नयाँ न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्णय गरिएको छ।

यसअघि केही साताअघि लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरू नियुक्त भइसकेका छन् भने उनीहरूको पदस्थापनाको प्रक्रिया जारी छ। तर, परीक्षा बाहेक ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्न न्याय परिषद्ले आयोगमा पत्राचार गरेको थियो।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १ : ४६ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री