हास्य कलाकार राजपाल यादवलाई आत्मसमर्पण गर्न अदालतको आदेश « Khabarhub

हास्य कलाकार राजपाल यादवलाई आत्मसमर्पण गर्न अदालतको आदेश


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता तथा हास्य कलाकार राजपाल यादव चेक बाउन्ससम्बन्धी मुद्दामा अदालतको आदेश पालना नगरेपछि कानुनी समस्यामा परेका छन्। दिल्ली हाईकोर्टले पटक–पटक भुक्तानीको समयसीमा उल्लंघन गरेको भन्दै उनलाई तत्काल आत्मसमर्पण गर्न निर्देशन दिएको हो।

भारतीय मिडियाका अनुसार यो मुद्दा ‘नेगोसिएबल इन्स्ट्रुमेन्ट्स एक्ट’ को धारा १३८ अन्तर्गत दर्ता भएको हो। एक कम्पनीले राजपाल यादव र उनकी पत्नीविरुद्ध चेकमार्फत भुक्तानी नपाएको भन्दै उजुरी दिएको थियो। यसअघि अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको थियो। पछि आपसी सहमतिमा बक्यौता रकम तिर्ने सर्तमा उक्त सजाय अस्थायी रूपमा निलम्बन गरिएको थियो।

तर अदालतले दिएको अवसर र पटक–पटक थपिएको समयसीमा हुँदाहुँदै पनि भुक्तानी पूरा नभएपछि अदालतले कडा कदम चालेको हो। सुनुवाइका क्रममा न्यायमूर्ति स्वराणा कान्ता शर्माले राजपाल यादवको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै बारम्बार गरिएको वाचा पूरा नगर्नु अदालतको सहानुभूतिमाथिको दुरुपयोग भएको टिप्पणी गरेकी छन्।

अदालतले यसअघि दिइएको संरक्षण आदेश फिर्ता लिँदै राजपाल यादवलाई ४ फेब्रुअरी २०२६ (आज) सम्म सम्बन्धित जेल अधीक्षकसमक्ष आत्मसमर्पण गर्न आदेश दिएको छ। साथै, अदालतमा जम्मा गरिएको रकम उजुरीकर्ता कम्पनीलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

यस मुद्दाको अर्को सुनुवाइ ५ फेब्रुअरी २०२६ मा तोकिएको छ। उक्त दिन राजपाल यादवले आत्मसमर्पण गरेको वा नगरेको विवरण अदालतमा पेश गर्नुपर्नेछ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : ३७ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी