प्रचण्डको आशंका : दुई चरणको चुनावमा धाँधली हुन सक्छ, फागुन २१ मै गरियोस् « Khabarhub

प्रचण्डको आशंका : दुई चरणको चुनावमा धाँधली हुन सक्छ, फागुन २१ मै गरियोस्


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनाव दुई चरणमा गर्न नहुने राय राखेका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले चुनाव दुई चरणमा नगर्न सरकारलाई सुझाएका हुन् ।

‘चुनाव दुई चरणमा होइन, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण बनाइयोस्। यो पटक सामान्य निर्वाचन भइरहेको छैन’, उनले भने, ‘असाधारण परिस्थितिमा निर्वाचन हुँदैछ । यसलाई राष्ट्र र जनताका लागि सही रुपमा सम्पन्न गर्नुपर्छ।’

दाहालले केही व्यक्तिहरूले अझै चुनाव हुने कि नहुने भन्ने आशंका गरिरहेको पनि बताए । उनले तोकिएकै मितिमा एकै चरणमा चुनाव हुनुपर्ने दोहोर्‍याए । प्रचण्डले स्वच्छ र धाँधलीरहित निर्वाचन भएमा नेकपाले राम्रो नतिजा ल्याउने पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : ३८ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक