प्रचण्डको आशंका : दुई चरणको चुनावमा धाँधली हुन सक्छ, फागुन २१ मै गरियोस् « Khabarhub

प्रचण्डको आशंका : दुई चरणको चुनावमा धाँधली हुन सक्छ, फागुन २१ मै गरियोस्


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनाव दुई चरणमा गर्न नहुने राय राखेका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले चुनाव दुई चरणमा नगर्न सरकारलाई सुझाएका हुन् ।

‘चुनाव दुई चरणमा होइन, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण बनाइयोस्। यो पटक सामान्य निर्वाचन भइरहेको छैन’, उनले भने, ‘असाधारण परिस्थितिमा निर्वाचन हुँदैछ । यसलाई राष्ट्र र जनताका लागि सही रुपमा सम्पन्न गर्नुपर्छ।’

दाहालले केही व्यक्तिहरूले अझै चुनाव हुने कि नहुने भन्ने आशंका गरिरहेको पनि बताए । उनले तोकिएकै मितिमा एकै चरणमा चुनाव हुनुपर्ने दोहोर्‍याए । प्रचण्डले स्वच्छ र धाँधलीरहित निर्वाचन भएमा नेकपाले राम्रो नतिजा ल्याउने पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : ३८ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत