साफ यू–१९ महिला च्याम्पियनसिप उपाधिका लागि बंगलादेश–भारत भिड्ने « Khabarhub

साफ यू–१९ महिला च्याम्पियनसिप उपाधिका लागि बंगलादेश–भारत भिड्ने


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।  

बुधबार पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा भुटानलाई पराजित गर्दै भारत र नेपाललाई पराजित गर्दै बंगलादेश यू–१९ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको हो । 

बुधबारको पहिलो खेलमा भारतले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो । 

भारतकी पर्ल फर्नान्डेजले खेलमा ह्याट्रिक गर्न सफल भइन् । उनले खेलको छैटौँ, ३९औँ र ४१औँ मिनेटमा गोल गरेकी थिइन् । त्यसैगरी प्रतिका बर्मनले २५औँ र ९०औँ मिनेटमा गोल गरिन् । एलिशा लिङदोज, एविस्था र दिव्यानी लिन्डाले समान एक÷एक गोल गरेका छन् ।

त्यस्तै बुधबार नै भएको लिग चरणको अर्को खेलमा बंगलादेशसँग ४–० गोल अन्तरले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।

बंगलादेश प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो भने भारत ३ खेलमा २ जित र एक हारसहित फाइनलमा पुगेको हो । अब बंगलादेश र भारतबीचको फाइनल खेल आगामी शनिबार हुने छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ६ : १८ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा