युएईमा रुस–युक्रेन वार्ता, डोनबासबारे अडान यथावत « Khabarhub

युएईमा रुस–युक्रेन वार्ता, डोनबासबारे अडान यथावत


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी अबु धाबीमा रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु भएको छ। तर, पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्यलाई लिएर दुवै पक्षको अडान यथावत् रहेको देखिएको छ।

अमेरिकी मध्यस्थतामा अघि बढेको कूटनीतिक प्रयासअन्तर्गत सुरु भएको वार्ताका क्रममा मस्कोले किएभलाई चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न आफ्ना सर्तहरू स्वीकार गर्न आग्रह गरेको छ। ती सर्तहरू नमानिए आक्रमण जारी रहने चेतावनी पनि रुसले दिएको छ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता युद्ध रोक्ने प्रयासहरू भए पनि ठोस सहमति जुट्न सकेको छैन। दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा घातक द्वन्द्व मानिएको यस युद्धमा दुवै पक्षका हजारौँ मानिस मारिएका छन् भने लाखौँ युक्रेनी विस्थापित भएका छन्। पूर्वी र दक्षिणी युक्रेनका ठूला भूभाग भौतिक रूपमा क्षतिग्रस्त बनेका छन्।

वार्ता चलिरहेकै बेला रुसले ड्रोन र मिसाइल आक्रमण तीव्र बनाएको छ। युक्रेनको ऊर्जा ग्रिड लक्षित आक्रमणपछि कडा जाडोमा धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध भएको युक्रेनी पक्षले जनाएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भने, ‘हाम्रो अडान सर्वविदित छ। जबसम्म किएभ प्रशासनले उचित निर्णय गर्दैन, विशेष सैन्य अभियान जारी रहन्छ।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको ऊर्जा संरचनामाथिको आक्रमणले ‘मस्को कूटनीतिप्रति गम्भीर छैन भन्ने पुष्टि गरेको’ प्रतिक्रिया दिनुभएको छ। उनका अनुसार वार्ता टोलीको काम योजनाअनुसार नै अघि बढाइनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजधानी र प्रमुख ऊर्जा प्रशोधन केन्द्रमा आक्रमण नगर्ने एक हप्ते प्रतिबद्धता पूरा गरेको दाबी गरेका छन् । पुटिन युद्ध अन्त्य गर्न ढिलाइ गरिरहेको हो कि भन्ने प्रश्नमा ट्रम्पले ‘म चाहन्छु उहाँले युद्ध अन्त्य गर्नुहोस्’ भनेका छन् ।

वार्ताको मुख्य विषय पूर्वी युक्रेनको डोनबास क्षेत्रको दीर्घकालीन हैसियत हो। मस्कोले कुनै पनि सम्झौताअघि युक्रेनी सेनाले डोनबासबाट फिर्ता हुनुपर्ने र आफूले नियन्त्रणमा लिएको भूमिलाई अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने माग गर्दै आएको छ।

किएभले भने वर्तमान फ्रन्टलाइनमै युद्धविराम हुनुपर्ने र एकपक्षीय रूपमा सेना फिर्ता गर्ने प्रस्ताव अस्वीकार गरेको छ। यसैबीच, युक्रेनका शीर्ष वार्ताकार रुस्तम उमेरोभले अबु धाबीमा वार्ता त्रिपक्षीय ढाँचामा सुरु भएको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ६ : ३१ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान