प्रलोपा अध्यक्ष परियार भन्छन् : पार्टी एकढिक्का छ, नेताहरू निर्वाचनमा होमिएका छन् « Khabarhub

प्रलोपा अध्यक्ष परियार भन्छन् : पार्टी एकढिक्का छ, नेताहरू निर्वाचनमा होमिएका छन्


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले पार्टी एकताबद्ध रहेको बताएका छन् ।

पार्टी अध्यक्ष सन्तोष परियारले बुधबार वक्तव्य निकालेर नेतृत्वबीच कुनै प्रकारको विवाद वा अस्थिरता नरहेको स्पष्ट पारेका हुन्।

पार्टीका सबै नेता कार्यकर्ता एकताबद्ध रूपमा पार्टी निर्णयअनुसार निर्वाचनमा सक्रिय रूपमा अघि बढिरहेको उनले दाबी गरेका छन् ।

परियारले आधारहीन र गलत प्रचार–प्रसारप्रति विश्वास नगर्न आमपार्टीपंक्ति र जनसमुदायलाई आग्रह गरिएको छ। तथ्य र पुष्टिबिना समाचार सम्प्रेषण नगर्न पनि उनले सञ्चारमाध्यमहरूलाई भनेका छन् ।

परियारले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण र राजनीतिक गतिविधि प्रभावकारी रूपमा अगाडि बढिरहेको बताएका छन्। प्रलोपा नेतृत्वले गलत सूचना फैलाएर जनमत भ्रमित पार्ने प्रयासप्रति सचेत रहन आग्रह गरेको छ।

पछिल्लो समय पार्टीबारे आएका समाचारहरुबारे टिप्पणीको खण्डन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले प्रलोपाका सम्पूर्ण नेताहरू एकताबद्ध रूपमा पार्टीको निर्णयअनुसार निर्वाचनमा सक्रिय रूपमा सहभागी भएको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ०९ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको