शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ « Khabarhub

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बूढानीलकण्ठ नगरपालिका–८, भंगालस्थित एक घर भाडामा लिइ वैदेशिक रोजगारीका लागि इटाली देश पठाइदिने भनी बंगलादेशी नागरिकलाई बंगलादेशबाट काठमाडौं बोलाइ बन्धक बनाइ ठगी गर्ने सातजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बंगलादेश घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल मामुन, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारतका ४१ वर्षीय सरोज कुमार र नुवाकोटका ३२ वर्षीय शशी पाठक छन् ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बंगलादेशी नागरिकलाई घरमा बन्धक बनाइ ठगी गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका सातैजनालाई जिल्ला अदालत काठमाडौंबाट शरीर बन्धक तथा ठगीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ९ : ४५ बजे

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको