इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन « Khabarhub

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर ७०० राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको छ ।

यस निर्वाचनका लागि पर्यवेक्षक परिचालन गर्न अनुमतिप्राप्तमध्येको एक पुरानो संस्था इओसी नेपालले दीर्घकालीन र अल्पकालीन गरी पर्यवेक्षक खटाएको हो । 

विगतको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा व्यापक सामाजिक सञ्जालको प्रयोग भएकोले सामाजिक सञ्जालको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन सम्बन्धमा सूक्ष्म पर्यवेक्षणका लागि इओसी नेपालको केन्द्रीय कार्यालयमा विशेष प्राविधिक टोलीको व्यवस्था गरिएको सो संस्थाका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीले जानकारी दिए ।

आफूहरुले मौन अवधि सुरु भएयता डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारजन्य सामग्री प्रकाशन तथा प्रसारण, उम्मेदवार, दलको पक्षमा मत प्रभावित गर्ने आशयका डिजिटल सन्देश र भ्रामक सामग्रीको सेयरलगायतका गतिविधिको निरन्तरताले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उनको भनाइ छ ।

यही फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगबाट ३९ राष्ट्रिय संस्था र चार अन्तरराष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि अनुमति दिइएको छ ।
 

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ११ : ४७ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२