दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाको आदेश « Khabarhub

दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाको आदेश


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने साउदी अरब, साइप्रस र ओमानमा मिसनहरू छोड्न अनुमति दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत अमेरिकी सरकारी कर्मचारी , लाहोर र कराँचीको अमेरिकी वाणिज्य दूतावासका कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिँदै विज्ञप्ति जारी गरेको जनाइएको छ । 

यद्यपि राजधानी इस्लामाबाद स्थित दूतावासको सुरक्षा स्थितिमा भने कुनै परिवर्तन नभएको मन्त्रालयले बताएको छ ।

यस अघिनै मन्त्रालयले अमेरिकी सरकारी कर्मचारीहरू र उनीहरूको परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण  साउदी अरेबिया, ओमान र साइप्रस छोड्न निर्देशन दिएको थियो ।

यसै बीच मन्त्रालयले मध्यपूर्व छोडेर संयुक्त राज्य अमेरिका फर्कन चाहने नागरिकहरूलाई आवश्यक  सहयोग गर्न  कदम चालेको समेत जानकारी दिएको छ ।

पछिल्लो केही दिनमा  नौ हजार भन्दा बढी अमेरिकी नागरिकहरू मध्य पूर्वबाट सुरक्षित फर्केको जनाइएको छ भने इजरायल बाट फर्किनेहरू मात्र ३०० भन्दा बढी छन् ।

जेनेभामा अमेरिकी दूतहरूले आणविक सम्झौताको विषयमा इरानसँग छलफल गरेको दुई दिन पछि संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार आक्रमण सुरु गरेका थिए भने  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको आक्रमणमा परी मृत्यु भएको छ ।

त्यस लगतै इरानले मध्यपूर्वमा जबाफी आक्रमण विस्तार गरेको छ, मङ्गलबार संयुक्त राज्य अमेरिका र इजरायलले तेहरानका प्रमुख साइटहरू ध्वस्त पारेको जनाइएको छ भने अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  २ : ३४ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२