होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र « Khabarhub

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको छ । यसैबीच इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ, जसले क्षेत्रीय तनाव थप चर्किएको संकेत दिएको छ ।

इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज हुँदै आवतजावत गर्ने कुनै पनि जहाज मिसाइल वा ड्रोन आक्रमणको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ । होर्मुज जलडमरूमध्य विश्व तेल तथा ग्यास आपूर्तिका लागि अत्यन्त संवेदनशील समुद्री मार्ग मानिन्छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेना तेल ट्याङ्करहरूलाई एस्कर्ट गर्न तयार रहेको बताए । गार्ड्सले अमेरिका र इजरायली लक्ष्यहरूमा ४० भन्दा बढी मिसाइल प्रहार गरिएको दाबी पनि गरेको छ ।

युद्धको पृष्ठभूमिमा इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको तीनदिने राजकीय अन्त्येष्टि बुधबार साँझदेखि सुरु हुने जनाएको छ । खामेनी शनिबार अमेरिका–इजरायल आक्रमणमा मारिएको इरानको दाबी छ । त्यसपछि द्वन्द्व तीव्र बनेको हो । इजरायलका रक्षामन्त्रीले सम्भावित उत्तराधिकारीसमेत ‘हत्याको लक्ष्य’ बन्न सक्ने चेतावनी दिए ।

बुधबार बिहान इरानबाट प्रक्षेपित क्षेप्यास्त्रहरूले जेरुसेलम र तेल अभिवसहित इजरायलका विभिन्न क्षेत्रमा हवाई आक्रमणको साइरन बजाएको थियो । इजरायली सेनाले खतरा निष्क्रिय पार्न काम गरिरहेको जनाएको छ । जेरुसेलम नजिकै आगलागी भएको खबर आए पनि तत्काल हताहतको विवरण प्राप्त भएको छैन ।

यसैबीच श्रीलङ्काले आफ्नो क्षेत्रीय जलक्षेत्र बाहिर १८० चालक दलसहितको एक इरानी फ्रिगेट डुबेको जनाएको छ । कारण खुल्न बाँकी छ । श्रीलङ्काका विदेशमन्त्रीले आइरिस डेनामा सवार ३० इरानी नाविकको उद्धारका लागि जहाज र विमान पठाइएको जानकारी दिए ।

मध्यपूर्वमा अमेरिकी सैन्य बलको नेतृत्व गरिरहेका एडमिरल ब्राड कुपरले हालसम्म इरानमा करिब दुई हजार लक्ष्यमा प्रहार गरिएको बताए । उनका अनुसार इरानको हवाई सुरक्षा संरचना गम्भीर रूपमा क्षतिग्रस्त पारिएको छ र सयौँ ब्यालेस्टिक मिसाइल, लन्चर तथा ड्रोन नष्ट गरिएको छ ।

लेबनानको राजधानी बेरुतमा इजरायल र हिजबुल्लाहबीच आक्रमण र रकेट प्रहार आदानप्रदान हुँदा विस्फोटका आवाज सुनिएको एएफपीका संवाददाताले जनाएका छन् । 

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुतको दक्षिण क्षेत्रका दुई सहरमा इजरायली आक्रमणबाट कम्तीमा छ जनाको मृत्यु र आठ जना घाइते भएका छन् । राज्य मिडियाले बेरुतको हजमिह उपनगर र पूर्वी सहर बालबेकमा आक्रमण हुँदा थप पाँच जनाको मृत्यु भएको जनाएको छ ।

साउदी अरेबियाले राजधानी रियादको दक्षिण क्षेत्रमा दुईवटा क्रुज मिसाइल र नौ ड्रोन रोकेको जनाएको छ । इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एक ड्रोन खसालिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । कतारले रिभोलुसनरी गाड्र्ससँग सम्बन्धित दुई जासुसी कक्ष ध्वस्त पारेको र १० जना संदिग्धलाई पक्राउ गरिएको जनाएको छ ।

इजरायली सेनाले इरानमाथि ‘व्यापक हमला’ सुरु गरिएको बताउँदै तेहरानको सुरक्षा कमान्ड केन्द्रसहित दर्जनौँ लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ । दुबईस्थित अमेरिकी वाणिज्य दूतावासमा ड्रोन आक्रमणपछि आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबिया र ओमानमा रहेका गैर–आपतकालीन कर्मचारी तथा परिवारलाई सुरक्षाको कारण देखाउँदै प्रस्थान गर्न अनुमति दिएको छ । साथै जोर्डन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सबाट अमेरिकी नागरिकलाई बाहिर निकाल्न चार्टर उडानको व्यवस्था गरिएको जनाएको छ ।

युद्धको प्रभाव विश्व बजारमा समेत देखिएको छ । एसियाली सेयर बजारहरूमा तीव्र गिरावट आएको छ र सियोलको सेयर सूचक १२ प्रतिशतभन्दा बढीले घटेको छ । यसैबीच कच्चा तेलको मूल्य उकालो लागेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  २ : ४६ बजे

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने

शंकर अग्रवाल छुट्दा छोरा शुलभलाई थपियो ५ दिन म्याद

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा

कांग्रेस नेता खड्का अझै ७ दिन हिरासतमा रहने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्का अझै सात