डोल्पाको मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा उद्धार « Khabarhub

डोल्पाको मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा उद्धार


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपल्लो डोल्पाको शे फोक्शुण्डो गाउँपालिका फोतगाउँस्थित दुर्गम मतदान केन्द्रमा खटिएका पाँच जना निर्वाचन कर्मचारी बिरामी परेपछि हवाई उद्धार गरिएको छ । 

उच्च हिमाली क्षेत्रको चिसो मौसम र अक्सिजनको कमीका कारण कर्मचारीहरू अस्वस्थ भएपछि तत्काल उद्धार गर्नुपरेको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार बिरामी परेकाहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्न सक्ने देखिएपछि नेपाली सेनको हेलिकप्टरमार्फत उनीहरूलाई उद्धार गरिएको हो ।

उद्धार गरिएकामध्ये जिल्ला अदालतका सहायक कर्मचारी गोर्खबहादुर थापा, साल्ट ट्रेडिङका धनबहादुर महतरा र तीन जना निर्वाचन प्रहरी रहेका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पठाइएको छ।

फोतगाउँ मतदान केन्द्र सदरमुकाम दुनैबाट करिब ६ दिन पैदल हिँड्नुपर्ने दुर्गम क्षेत्रमा पर्छ । तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन कठिनाइ भएपछि हवाई उद्धारको विकल्प रोज्नुपरेको हो । उक्त केन्द्रमा ४० जना मतदाता रहेका छन् ।

कर्मचारी बिरामी परेपछि त्यहाँ वैकल्पिक जनशक्ति व्यवस्थापन र मतदान प्रक्रिया प्रभावित नहुने गरी तयारी अघि बढाइएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  २ : ४७ बजे

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघले आज धर्ना दिने

काठमाडौँ – नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, १० जना बेपत्ता

रोल्पा– अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज