जावलाखेल मतदान केन्द्र महिलामैत्री बनाइयो « Khabarhub

जावलाखेल मतदान केन्द्र महिलामैत्री बनाइयो


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरको क्षेत्र नम्बर ३ स्थित जावलाखेलको मतदान केन्द्रलाई महिलामैत्री बनाइएको छ । 

ललितपुर महानगर वडा नम्बर ४ को जावलाखेलस्थीत मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिला रहेका छन् । त्यस्तै सुरक्षाकर्मी समेत महिलाहरू नै रहेको निर्वाचन अधिकारी उपसचिव नमुना कार्की दाहालले जानकारी दिइन् । 

जावलाखेलस्थीत मतदान स्थलमा रहेको ६ वटै मतदान केन्द्रमा सबै महिला कर्मचारीहरूले नै व्यवस्थापन गरिरहेको उनले बताइन् । 

उनले बिहीबार हुने निर्वाचनका लागि सबै तयारी पुरा भएको र अन्य आवश्यक समन्वय समेत भइरहेको उल्लेख गरिन् । बिहीबार पाँच बजेसम्म शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्ने उद्देश्यका साथ आफूहरूलाई लागिपरेको उनको भनाइ छ । 

उनले महिलामैत्री मतदान स्थलमा कुनै चुनौती नदेखिएको र अनुकूल रुपमा नै तयारी भइरहेको बताइन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ४ : ४२ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट