मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ « Khabarhub

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी विद्यालयमा भएको हवाई आक्रमणलाई उजागर गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र थप क्षति हुन नहुने बताएको छ ।

गत शनिबार इरानी सहर मिनाबको एक विद्यालयमा भएको आक्रमणमा १५० जना भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ ।

इरानी सञ्चार माध्यमका अनुसार इरानले मङ्गलबार आक्रमणमा मारिएका विद्यार्थीसहित कम्तीमा १६५ जनाको सामूहिक अन्त्येष्टि सम्पन्न गरेको छ ।

संयुक्त राष्ट्रसंघीय समितिका स्वतन्त्र विज्ञहरूलाई पक्ष राष्ट्रहरूले बाल अधिकारसम्बन्धी महासन्धि कसरी कार्यान्वयन गर्छन् भन्ने निगरानी गर्ने जिम्मेवारी दिइएकोसमेत जनाइएको छ ।

समितिले मध्यपूर्वको युद्ध तत्काल अन्त्य गर्न युद्धविरामको आह्वान गर्दै बालबालिकाहरू अब उप्रान्त अपांग, विस्थापन, मनोवैज्ञानिक समस्याको सिकार हुन नपरोस् भन्ने आशय व्यक्त गर्दै युद्धरत पक्षलाई बालबालिकाहरूको सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ । रासस

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ५ : ०७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा