मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ « Khabarhub

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी विद्यालयमा भएको हवाई आक्रमणलाई उजागर गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र थप क्षति हुन नहुने बताएको छ ।

गत शनिबार इरानी सहर मिनाबको एक विद्यालयमा भएको आक्रमणमा १५० जना भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ ।

इरानी सञ्चार माध्यमका अनुसार इरानले मङ्गलबार आक्रमणमा मारिएका विद्यार्थीसहित कम्तीमा १६५ जनाको सामूहिक अन्त्येष्टि सम्पन्न गरेको छ ।

संयुक्त राष्ट्रसंघीय समितिका स्वतन्त्र विज्ञहरूलाई पक्ष राष्ट्रहरूले बाल अधिकारसम्बन्धी महासन्धि कसरी कार्यान्वयन गर्छन् भन्ने निगरानी गर्ने जिम्मेवारी दिइएकोसमेत जनाइएको छ ।

समितिले मध्यपूर्वको युद्ध तत्काल अन्त्य गर्न युद्धविरामको आह्वान गर्दै बालबालिकाहरू अब उप्रान्त अपांग, विस्थापन, मनोवैज्ञानिक समस्याको सिकार हुन नपरोस् भन्ने आशय व्यक्त गर्दै युद्धरत पक्षलाई बालबालिकाहरूको सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ । रासस

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ५ : ०७ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२