‘एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ’  « Khabarhub

‘एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ’ 


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र सहकार्यका साथ निर्वाचन सुरक्षासम्बन्धी कार्य गरिरहेको स्पष्ट पारेको छ । 

सेनाद्वारा आज जारी एक अपिलमा आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सेना परिचालित भइरहेको जनाइएको छ । 

निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकाय एकीकृत र समन्वयात्मक ढङ्गले कार्य गरिरहेको अवस्थामा प्रसारित अतिरञ्जित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको सेनाले जनाएको छ । सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनामा विश्वास नगर्न/नगराउन जनसमुदायमा सेनाले अपिल गरेको छ । 
 

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ६ : १९ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२