मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे « Khabarhub

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट सिराहा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादवसहित पाँचजना तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउने सर्तमा रिहा भएका छन् ।

यादवलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २२ गते भित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईका अनुसार प्रहरीले बरामद गरी बुझाएको नगद तथा कागजात अध्ययनपछि लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरिएको हो ।

“मौन अवधिमा यति ठूलो रकम किन, कहाँबाट र के प्रयोजनका लागि बोकेको भन्ने विषयमा स्पष्टीकरण सोधिएको छ,” उनले भने, “स्पष्टीकरण प्राप्त भएपछि थप निर्णय गरिनेछ । आवश्यकता परे निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐनबमोजिम कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धान अघि बढाउनेछ ।”

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वासुदेव पाठकले आयोगले स्पष्टीकरण सोधिसकेको सन्दर्भमा तत्काल प्रहरीले थप कारबाही नगर्ने तर आयोगको निर्णयपछि अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिए । यादवसँगै पक्राउ परेका विष्णुपुर–५, लक्ष्मीपुरका श्यामकुमार यादव, रामप्रवेश यादव, बप्रेन्द्रकुमार यादव र नरहा गाउँपालिका–३ का सवारीचालक जीतेन्द्रकुमार महतो पनि रिहा भएका छन् ।

मङ्गलबार राति उम्मेदवार यावदसहित पाँच जनालाई निर्वाचन सुरक्षा गस्तीमा रहेका प्रहरीले नेपाल–भारत सीमामा पर्ने माडर बजारबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको अवस्थामा माडरदेखि उत्तर शिवचोकमा प्र २–०२–००१ च ०८७ नम्बरको स्कर्पियोबाट रु चार लाख ८७ हजार नगदसहित पक्राउ गरेको थियो ।

निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन, २०७३ को दफा ३० अनुसार निषेधित कार्यका लागि आर्थिक सहयोग लिन वा खर्च गर्न नहुने व्यवस्था छ । उल्लङ्घन भए आम्दानी वा खर्च बराबरको जरिवाना गर्न सकिने र सो जरिवाना ६ महिनासम्म नबुझाए आयोगले बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ८ : ४६ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन