टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित « Khabarhub

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।

कोलकातास्थित इडेन गार्डन्स स्टेडियममा जारी विश्वकपको पहिलो सेमिफाइनलमा न्यूजील्याण्डका कप्तान मिचेल सैंटनरले टस जितेर बलिङ रोजेका थिए । साउथ अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

जबाफमा कीवी टोलीले १२.५ ओभरमा मात्र १ विकेट गुमाएर १७० रनको लक्ष्य पूरा गर्यो । यस जितमा फिन एलेनको ३३ बलमै १० चौका र ८ छक्का प्रहार गर्दै १०० रन प्रहार गरे । उनले टी–२० वर्ल्ड कपमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान समेत बनाएका छन् । यसअघि सन् २०१६ मा क्रिस गेलले ४७ बलमा शतक बनाएका थिए ।

तस्बिरः क्रिकइन्फो

साथै, एलेनले न्यूजील्याण्डका लागि सबैभन्दा छिटो अर्धशतक (१९ बलमा) बनाउने कीर्तिमान पनि कायम गरे । यस्तै टिम साइफर्टले ५८ रनको योगदान दिए ।

बलिङतर्फ साउथ अफ्रिकाका कागिसो रबाडाले एक विकेट लिएका थिए। न्यूजील्याण्डका रचिन रविन्द्र, म्याट हेनरी र कोल म्याककोन्की ले दुई–दुई विकेट लिए भने लोकी फर्ग्युसन र जिमी निशमले एक–एक विकेट लिए।

यसअघि साउथ अफ्रिकाले मार्को यानसेनको ५५ रनको अर्धशतकको बलमा १६९ रन बनाएको थियो । डेवाल्ड ब्रेभिसले ३४, ट्रिस्टन स्टब्सले २९ र एडेन मार्करमले १८ रन योगदान गरे । न्यूजील्याण्डले अब फाइनलमा भारत र इंग्ल्यान्डबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : ३८ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित