यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त « Khabarhub

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते भएका नेपालीहरूको अवस्थाबारे पछिल्लो जानकारी सार्वजनिक गरेको छ । दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै घाइते नेपालीको अवस्थाबारे जानकारी दिएको हो ।

शुक्रबार अबु धाबीको अबजान क्षेत्रमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा सात जना नेपाली नागरिक घाइते भएका थिए । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको थियो ।

राजदूतावासले दिएको पछिल्लो जानकारी अनुसार तीमध्ये छ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । गम्भीर घाइते भनिएका एक जनाको भने अहिले अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालमा उपचाररत उनको अवस्था अहिले खतरामुक्त रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार अस्पतालमा उपचाररत घाइतेले टेलिफोनमार्फत आफू छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको जानकारी दिएका छन् ।

दूतावासले घाइतेलाई सहयोग र समन्वयका लागि निरन्तर काम गरिरहेको स्पष्ट पारेको छ । पश्चिम एशियामा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले सबै नेपाली नागरिकलाई यूएई सरकारले जारी गरेको सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ ।

साथै आधिकारिक स्रोतबाट आएका सूचनालाई मात्र विश्वास गर्न र सचेत रहन दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ३ : ०९ बजे

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा