दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण « Khabarhub

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो ।

इण्डियन आयल कर्पोरेशन (आइओसी)का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिकटन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिए ।

नेपालमा मासिक करिब ४७ हजार मेट्रिकटन ग्यास खपत हुँदै आएको छ । हाल पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएकाले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगमा ग्यास रिफिल गरी काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको छ ।

यही भदौ १८ गतेदेखि २७ गतेसम्ममा वैकल्पिक मार्गहरु त्रिभुवन राजपथ तथा विपि राजमार्ग हुँदै ल्याइएका करिब तीन लाख ९९ हजार ५२९ वटा सिलिण्डर उपभोक्तालाई वितरण भइसकेको सहप्रवक्ता सुवेदीले जानकारी दिए ।

पछिल्लो १० दिनमा दैनिक औसत ४० हजार सिलिण्डर ग्यास उपत्यकामा बिक्री वितरण भइरहेको छ । अवरुद्ध राजमार्ग सञ्चालनमा नआएसम्म तराईका उद्योगमा ग्यास भरेर बैकल्पिक मार्गबाट काठमाडौँ ल्याएर बिक्री गरिने निगमले जनाएको छ ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर बैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ ।

बाटो सञ्चालनमा आएलगत्तै सोही रुटबाट एलपी ग्यासका बुलेटहरू नियमित रूपमा आउने छन् । काठमाडौँमा वितरण गर्ने उद्योगले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी वजारमा पठाउन थालेपछि ग्यासको आपूर्ति सहज हुने विश्वास गरिएको छ ।

आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको निगमले जनाएको छ । सरकारले ग्यास भरिएका सिलिण्डर लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ ।

अनुगमनका क्रममा लुकाएको पाइएका करिब एक हजार २०० थान सिलिण्डर उपभोक्तालाई वितरण गरिएको छ भने अनियमितता गर्ने विक्रेतालाई जरिवाना गराइएको निगमले जनाएको छ ।

ग्यास सिलिण्डर बिक्री वितरणलाई पारदर्शी बनाउन अनलाइन ट्रयाकिङ प्रणाली विकास गर्ने पहल पनि भइरहेको सहप्रवक्ता सुवेदीले जानकारी दिए ।

गत वर्षको तुलनामा ग्यासको आयात र बिक्री वृद्धि

गत वर्षको तुलनामा चालु आवको पहिलो दुई महिनामा ग्यासको आयात र बिक्री बढेको छ । गतवर्ष साउन र भदौको तुलनामा चालु आवको सोही अवधिमा करिब १२ लाख बढी सिलिण्डरको बजारीकरण भएको छ । २०८२ साउनमा ३१ लाख २१ हजार ४८ सिलिण्डर ग्यास बिक्री भएकामा चालु आवको सोही अवधिमा ४० लाख ३६ हजार ३६४ ग्यास बिक्री भएको छ ।

यस्तै गत वर्ष भदौमा ३३ लाख ५५ हजार ९६० सिलिण्डर ग्यास बिक्री भएकामा चालु आवको भदौको २७ गतेसम्म ३७ लाख १३ हजार ८९४ सिलिण्डर ग्यास बजारमा पठाइएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ९ : ५९ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको