प्रहरीको सरुवा बढुवालाई निष्पक्ष बनाउन गृहसचिव श्रेष्ठको निर्देशन « Khabarhub

प्रहरीको सरुवा बढुवालाई निष्पक्ष बनाउन गृहसचिव श्रेष्ठको निर्देशन


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहसचिव राजकुमार श्रेष्ठले सङ्गठनभित्र पेसागत दक्षता, क्षमतालाई अभिवृद्धि गर्दै सरुवा, बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउनका लागि अग्रसर रहन निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को यही वैशाख १४ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका नारायणदत्त पौडेललाई आज मन्त्रालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सु–शोभित गर्दै उनले सो कुरा बताए ।
 
गृहसचिव श्रेष्ठले सङ्गठन सरुवा प्रणाली र वृत्तिविकास दुवैलाई प्रभावकारी रुपमा व्यवस्थित गरिएमा असन्तुष्टि र गुनासो कम हुने विश्वास व्यक्त गरे । 

साथै उनले सशस्त्र प्रहरी बल नेपालले कार्यक्षेत्रमा सीमित स्रोतसाधनको बाबजुद उत्कृष्ट नतिजा आउने गरी कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गरे। 

गृहसचिव श्रेष्ठले आगामी मनसुनजन्य विपद्मा समेत सशस्त्र प्रहरी बल नेपाल पूर्वतयारीका साथ उद्धार, व्यवस्थापन तथा राहत कार्यमा जुट्न निर्देशन दिए ।
 
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संविधान, कानुन, राष्ट्रिय हित, सङ्गठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राख्दै इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ सङ्कल्पका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सबलीकरण गर्दै सङ्गठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको उल्लेख गरे। उनले सो कार्यान्वयनका लागि नेपाल सरकार तथा गृहमन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
     
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार योजना अनुसारको कार्यहरूको योजना तयार गरी सङ्गठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने बताए।
 
समारोहमा प्रहरी महानिरीक्षक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका सहसचिवलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १ : २९ बजे

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले

राजनीतिक स्थायित्वलाई आर्थिक प्रगतिको आधार बनाउनुपर्छ : चन्द्र ढकाल

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले वर्तमान राजनीतिक

बालेनले भत्काएको सुकुम्वासी बस्तीमा पुगे हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ थापाथलीस्थित भत्काइएका सुकुम्वासी

होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त