निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट « Khabarhub

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

आज आयोजित निजी क्षेत्र र प्रदेश सरकारबीच बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकतासाथ सम्बोधन गर्ने बताएका हुन् ।

मुख्यमन्त्री भट्टले प्रदेशको ‘रातो किताब’ रकम वितरण गर्ने पुलिन्दा नभई प्रदेशको समृद्धिको मार्गचित्र बन्नुपर्ने धारणा व्यक्त गरे। 

‘बजेटले प्रदेशको आवश्यकता, सम्भावना र जनताको अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ । त्यसका लागि यसपटकको बजेटमा हाम्रो प्रयास रहन्छ’, उनले भने।

मुख्यमन्त्री भट्टले सुशासनमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रदेशमा रहेका बेथिति र अनियमितता नियन्त्रण गर्न सरकार निर्मम भएर अघि बढ्ने बताए । बेथितिका विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट गर्दै उनले सुदूरपश्चिमको विकास र रूपान्तरणका लागि पनि सबै पक्ष गम्भीर भएर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।

निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। प्रदेश निर्माणको अभियानमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । 

अन्तरक्रियामा निजी क्षेत्रका व्यवसायीले सुदूरपश्चिममा रहेका सम्भावना तथा आफूहरूले भोग्दै आएका समस्या र चुनौतीबारे धारणा राखेका थिए। उनीहरूले कृषि, उद्योग तथा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको थियो । 

सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टलगायतको सहभागिता थियो ।
 

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ६ : ३५ बजे

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग