आजदेखि नयाँ प्रशासनिक भवनबाट काठमाडौं वडा नं. ६ को सेवा सुरु « Khabarhub

आजदेखि नयाँ प्रशासनिक भवनबाट काठमाडौं वडा नं. ६ को सेवा सुरु


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. ६ ले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडाध्यक्ष भुवन लामाले नवनिर्मित भवनको उद्घाटन गरेपछि पूर्ववडाध्यक्ष दिपेन्द्र लामालाई घर नम्बर प्रदान गर्ने फाइल स्वीकृत गर्दै वडाध्यक्ष भुवन लामाले नयाँ भवनबाट सेवा थालनी गरेका हुन् ।

सो अवसरमा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार के. सी., वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नं. ७ का अध्यक्ष विमलकुमार होडासहित वडावासीको बाक्लो उपस्थिति थियो । नवनिर्मित भवनको परिचय पाटीमा देवनागरी (नेपाली), रञ्जना (स्थानीय नेवाः समुदायको लिपि) र सम्बोटा (स्थानीय तामाङ लिपि) गरी ३ थरीका लिपि राखिएको छ ।

उद्घाटन पछिको संक्षिप्त प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले गुणस्तरीय सेवाका लागि सुविधा सम्पन्न पूर्वाधारले अहम भूमिका खेल्ने बताउँदै गुणस्तरीय वडा भवनबाट जनमैत्री सेवा प्रवाह हुने अपेक्षा व्यक्त गरिन् । वडाध्यक्ष भुवन लामाले वडावाट प्रवाह हुने सेवालाई एउटै तलामा सम्पन्न गर्ने गरी कार्यकक्ष मिलाइएको बताए । नवनिर्मित भवनमा एकद्वार प्रणाली र धेरै कोठामा घुम्नु नपर्ने गरी सेवा प्रवाह गर्न सहज हुने गरी कार्यकक्ष मिलाइएको लामाको भनाइ छ ।

६ करोड २८ लाख २७ हजार रुपियाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि सार्वजनिक खरिद प्रक्रियाबाट छनोट भएको बोनाफाइड कन्स्ट्रक्सन प्रा. लि. ले कवोल गरेको रकम ४ करोड ८८ लाख ५७ हजार रुपियाँमा कार्यादेश दिइएको हो । भवन निर्माणका लागि ४ करोड ७७ लाख ३२ हजार रुपियाँ खर्च भएको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए । यो भवनको डिजाइनर समेत रहेका श्रेष्ठका अनुसार भवन राष्ट्रिय भवन संहिता २०२० को मापदण्ड अनुसार भूकम्प प्रतिरोधी प्रविधिमा निर्माण भएको छ ।

भवनको बाहिरी स्वरुप मौलिक नेपाली शैलीको छ । भित्री स्वरुप आधुनिक छ । भवनमा र्‍याम्प र लिफ्ट राखेर अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सेवा लिन जान सकिने बनाइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ४ : १७ बजे

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष