सातै प्रदेशमा कृषि गणना गरिँदै « Khabarhub

सातै प्रदेशमा कृषि गणना गरिँदै


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ। 

सरकारले आफ्नो स्रोत र साधनको अधिकतम परिचालन गरी कृषि गणनालाई मितव्ययी बनाएको हो । गणकले प्रत्येक किसानको घरदैलोमा पुगेर प्राप्त गरेको सूचनाका आधारमा आधिकारिक तथ्यांक संकलन गरेका छन् । तथ्यांक प्राप्त गर्न मोबाइल र ट्याबलोइडको प्रयोग गरिएकाले कृषि गणना कार्यक्रम प्रभावकारी बनेको पाइएको छ ।

मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले गणनाबाट प्राप्त तथ्यांकका आधारमा कृषि क्षेत्रको विकासका लागि आवश्यक राष्ट्रिय नीति नियम बनाउन तथा त्यसलाई कार्यान्वयनमा लैजान सहयोग पुग्ने जानकारी दिए ।

पहिलो चरणमा स्थानीय तहका कृषि प्राविधिक किसानको घरदैलोमा पुगेर कृषिमा कृषकको पहुँच, मलबिउको प्रयोग, मूल्य भण्डारणको संरचना, सिँचाइको प्रयोग, प्रविधिको प्रयोग, वित्तीय पहुँच, कृषि सेवा पहुँच, बिमा, कृषि पशुको उत्पादनको अवस्थालगायतका विषयमा प्रश्न सोधेर तथ्यांक संकलन गरिने जनाइएको छ ।

दोस्रो चरणमा प्राप्त तथ्यांकलाई विश्लेषण गरी कृषिको आधिकारिक तथ्यांक परिणाम निकालिने छ । महत्वाकांक्षी परियोजनाका रूपमा सञ्चालन गरिएको यो कार्यक्रममा मन्त्रालयले सुपरिवेक्षकलाई तालिम दिने र सुपरिवेक्षकले गणकलाई तालिम दिने व्यवस्था गरिएको छ ।  

दोस्रो चरणको काम सुरु गर्न पहिलो चरणको काम अनिवार्य सम्पन्न गर्नुपर्ने वरिष्ठ अधिकृत रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ४ : ४९ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा