औषधी आपूर्तिमा देखिएका समस्याबारे स्वास्थ्यमन्त्री औषधी विभागबीच छलफल  « Khabarhub

औषधी आपूर्तिमा देखिएका समस्याबारे स्वास्थ्यमन्त्री औषधी विभागबीच छलफल 


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधी आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या, गुनासा र तिनको समाधानका उपायबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधी व्यवस्था विभागका प्रतिनिधिबीच बुधबार छलफल भएको छ ।

छलफलमा विशेषगरी क्यान्सरविरुद्ध प्रयोग हुने औषधी तथा इम्युनोसप्रेसन्ट औषधीको आपूर्ति र व्यवस्थापनसम्बन्धी विभिन्न माध्यमबाट प्राप्त गुनासाहरूको वास्तविक अवस्था तथा समस्या समाधानका सम्भावित उपायहरूबारे विचार–विमर्श गरिएको स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ ।

बैठकमा औषधी आयात तथा आपूर्तिको अनुमति प्राप्त गरे पनि सम्बन्धित निकायले औषधी आपूर्ति नगरेको अवस्थामा त्यसबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत विभिन्न विकल्पहरूबारे छलफल भएको बताइएको छ । 

यस्तै, जीवनरक्षक (लाइफ सेभिङ ड्रग्स) औषधीको उपलब्धता र आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले औषधी व्यवस्था विभागलाई आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

निर्देशनअनुसार विभागले जीवनरक्षक औषधी आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, पछिल्ला तीन वर्षमा आयात भएको जीवनरक्षक औषधीको परिमाण, ती औषधीको वार्षिक खपतको विवरण तथा यस्ता औषधी आपूर्तिका लागि अनुमति माग्दै प्राप्त भएका निवेदनहरूको विवरण उपलब्ध गराउनुपर्नेछ ।

बैठकमा स्वास्थ्य मन्त्री निशा मेहता, उनका विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, औषधी व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गी, मन्त्रालयका कानून उपसचिव गोपीकृष्ण रेग्मीसहित सहित मन्त्रालय र विभागका कर्मचारीहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ११ : १७ बजे

तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति

जुम्ला– जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको

राष्ट्रिय गौरवको आयोजनामा अलमल : कालीगण्डकी करिडोर अधुरो

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र

त्रियुगा क्षेत्रमा गर्मी, जनजीवन प्रभावित

गाईघाट– मनसुनमा आएको परिवर्तनसँगै त्रियुगालगायत जिल्लाका विभिन्न भागमा केही दिनयता

एसियाली छनोटः मलेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

रसुवा– कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले कानुन बमोजिम इजाजत