छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित « Khabarhub

छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कानुनी र संवैधानिक व्यवस्थाका बाबजुद समाजका विभिन्न क्षेत्रमा जातीय विभेद तथा छुवाछूतका घटना हुनु चिन्ताको विषय भएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी  गर्दै उनले यस प्रकारका अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै आघात पुर्‍याउने भएकाले कुनै पनि बहानामा त्यसो गर्न नपाइने बताएका छन् ।   

सन्देशमा नेता आङदेम्बेले विभेदको अन्त्य केवल कानुनको कार्यान्वयनबाट मात्र सम्भव नहुने उल्लेख गर्दै त्यसका लागि समाजमा चेतना, सहिष्णुता, सम्मान र समान व्यवहारको संस्कृतिको विकास अपरिहार्य रहेकामा जोड दिएका छन् ।
 

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ११ : २६ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको