प्रख्यात भारतीय फिल्म निर्माता पहलाज निहलानीको निधन « Khabarhub

प्रख्यात भारतीय फिल्म निर्माता पहलाज निहलानीको निधन


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय चलचित्र उद्योगका चर्चित निर्माता तथा पूर्व सेन्सर बोर्ड अध्यक्ष पहलाज निहलानीको बिहीबार बिहान मुम्बईमा निधन भएको छ। उनी केही महिनादेखि अस्वस्थ थिए।

निहलानीको परिवारका एक सदस्यले उनको निधन भएको पुष्टि गरेका छन्। उनी फिल्म निर्माता मात्र नभई भारतको केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सेन्सर बोर्ड) का अध्यक्षका रूपमा पनि परिचित थिए।

सेन्सर बोर्डको नेतृत्व गर्दा उनका निर्णयहरूलाई लिएर व्यापक विवाद भएको थियो, जसका कारण उनको कार्यकाल बोर्डको इतिहासकै सबैभन्दा विवादास्पदमध्ये एक मानिन्छ।

निहलानीले ‘आग ही आग’, इलजाम, शोला और शबनम र आंखे जस्ता सफल चलचित्र निर्माण गरेका थिए। हिन्दी चलचित्र उद्योगमा उनले सफल निर्माता तथा व्यवसायीका रूपमा आफ्नो छुट्टै पहिचान बनाएका थिए।

उनले अभिनेता गोविन्द, चंकी पाण्डे र नीलम कोठारी लगायत कलाकारहरूको करिअर उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

उनको अन्त्येष्‍टि बिहीबार दिउँसो ३ बजे  सान्ताक्रुज हिन्दु श्मशान गृहमा गरिने पारिवारीक स्रोतले जनाएको छ जनाएको छ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  १ : ४९ बजे

रुसमा युक्रेनको ड्रोन आक्रमण : तीन बालबालिकासहित ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन

तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा सहसचिव पक्राउ

काठमाडौँ – तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६