नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान « Khabarhub

नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो गर्मीका कारण नेपालगञ्ज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले संकटमा पर्ने भन्दै यहाँका केही युवाले अभियान सुरु गरेका हुन् । 

नेपालगञ्ज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चराचुरुङ्गीका लागि पानी पिउने व्यवस्था सुरु गरिएको जानकारी दिए।  सार्वजनिक स्थानमा फालिएका प्लास्टिकका बोतल पुनःप्रयोग गरी विभिन्न स्थानमा चराचुरुङ्गीका लागि पानी राख्ने भाँडो तयार गरेर चराचुरुङ्गीलाई पानी दिन थालिएको उनको भनाइ छ । 

यो अभियानमा जनावर अधिकारकर्मी सुवास साहु र वातावरण अभियन्ता हेमन्तराज काफ्लेसमेत सहभागी छन्। अभियन्ता काफ्लेले गर्मीका बेला चराचुरुङ्गी, जनावर तथा कीरा फट्याङ्ग्राको जीवनप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै चराचुरुङ्गी, जनावर र कीरा पारिस्थितिक प्रणालीका महत्वपूर्ण अङ्ग भएको बताए। 

वातावरण संरक्षण र जैविक विविधता कायम राख्न यिनीहरूको भूमिका महत्वपूर्ण भएकाले यस्ता जीवको संरक्षण गर्नु साझा दायित्व भएको अभियन्ता काफ्लेले उल्लेख गरे। 

‘गर्मी झन बढ्दै गएको छ । त्यसैले यो कार्यक्रमलाई निरन्तर अघि लैजानुपर्छ’, उनले भने। बढ्दो गर्मीका कारण जलसतह घट्दै गएकाले चापकल (धारा)मा पानी आउन कम हुँदै गएको बताउँदै उनले रुखमा राखिएको पानी खाने भाडोमा चराले पानी खाइरहेको सुन्दर दृश्य अहिले देख्न थालिएको उल्लेख गरे।

नेपालगञ्ज ग्यालरीका श्रेष्ठले बढ्दो गर्मीका कारण पानीको अभावमा चराचुरुङ्गी प्रभावित भइरहेका भन्दै फालिएका बोतलको पुनः प्रयोगमार्फत पानी पिउने व्यवस्था गरिएको उल्लेख गरे। उनले आगामी दिनमा प्रत्येक शनिबार चराचुरुङ्गी र जनावरका लागि पानी पिउने भाँडो निर्माण तथा व्यवस्थापन गर्ने अभियानलाई निरन्तरता दिइने जानकारी दिए। उनका अनुसार अहिले सुर्खेत रोडमा रहेका बोट तथा बिरुवामा त्यसरी राखिएको पानी राँझा चोकसम्म राख्ने लक्ष्य लिइएको छ । 

स्थानीय रूपमा यस अभियानको प्रशंसा गर्दै घर, पसल तथा सार्वजनिक स्थानमा पानीको व्यवस्था गरेर चराचुरुङ्गी र अन्य जीवजन्तुको जीवन रक्षा गर्न सहयोग गर्नुपर्ने बताइएको छ । 

बढ्दो तापक्रम र जलवायु परिवर्तनको प्रभावबीच नेपालगञ्जमा सुरु भएको सो अभियानले मानव र प्रकृतिबीचको सहअस्तित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ३ : ३७ बजे

राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

विद्युतीय गाडी आयातमा कर छली प्रकरणमा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : खुस्बु ओली

काठमाडौं– राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर

राष्ट्रियसभा बैठक पनि अवरुद्ध

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै

करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लिखित

बालेनलाई हर्कको व्यङ्ग्य : बोलाउँदा आउँदैनन्, बोकेर ल्याउने चलन पनि छैन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि