चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा « Khabarhub

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको लाइसेन्स) परीक्षाको नतिजामा ६६ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
  
नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा  जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरिएको थियो । 

६९औँ चिकित्सक लाइसेन्स परीक्षामा यस वर्ष दुई हजार २६३ परीक्षार्थी परीक्षामा सामेल भएकामध्ये एक हजार ५१५ जना मात्र उत्तीर्ण भएका हुन् । 

नेपाल मेडिकल काउन्सिलले नेपाली मेडिकल कलेजबाट अध्ययन गरेका विद्यार्थीको उत्तीर्ण दर उल्लेखनीय भएको जनाएको छ । विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी अनुत्तीर्ण भएको काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले बताए ।

एमबीबीएसतर्फ नेपालका मेडिकल कलेजबाट सहभागी एक हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना अर्थात् ७६ दशमलव ७९ प्रतिशत उत्तीर्ण भएका छन् । 

चीनबाट अध्ययन गरी आएका १३३ मध्ये २० जना अर्थात् १५ दशमलव ०४ प्रतिशत  बङ्गलादेशबाट अध्ययन गरेका ३६७ जनामध्ये १५१ जना अर्थात् ४१ दशमलव १४ प्रतिशत, भारतबाट एमबीबीएस अध्ययन गरेका परीक्षार्थीको उत्तीर्ण प्रतिशत ४२ दशमलव ३१  छ भने फिलिपिन्सबाट अध्ययन गरेका परीक्षार्थीमध्ये २८ दशमलव ५७ प्रतिशत  सफल भएका छन् । 

 इजिप्ट, किर्गिस्तान, रुस तथा युक्रेनबाट अध्ययन गरी आएका परीक्षार्थीमध्ये यसपटक कोही उत्तीर्ण हुन सकेनन् । बीडीएसतर्फ स्वदेशी कलेजकै नतिजा उत्कृष्ट देखिएको छ ।

नेपालका कलेजबाट सहभागी ४०० परीक्षार्थीमध्ये ३४३ जना अर्थात् ८५ दशमलव ७५ प्रतिशत उत्तीर्ण भएका छन् । भारतबाट बिडिएस अध्ययन गरी आएका १७ मध्ये एक जना मात्रै सफल भएका छन् । 

नतिजाअनुसार एमबीबीएसतर्फ चितवन मेडिकल कलेज ९३ दशमलव १० प्रतिशत नतिजासहित उत्कृष्ट बनेको छ भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९२ दशमलव २१ प्रतिशत तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका ९१ दशमलव ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बिडिएसतर्फ गण्डकी मेडिकल कलेजका शतप्रतिशत विद्यार्थी सफल भएका छन् ।

विदेशबाट अध्ययन गरी आएका परीक्षार्थीको नतिजा कमजोर आउनुको मुख्य कारण भाषागत अवरोध तथा पाठ्यक्रमको भिन्नता रहेको काउन्सिलका निमित्त रजिष्ट्रार डा पाण्डेले बताए ।
 

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ३ : ५२ बजे

राष्ट्रियसभा बैठक पनि अवरुद्ध

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै

करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लिखित

बालेनलाई हर्कको व्यङ्ग्य : बोलाउँदा आउँदैनन्, बोकेर ल्याउने चलन पनि छैन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि

पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता

इस्लामावाद- पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच मङ्गलबार भेटवार्ता भएको

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको