इराकमा तालिमका क्रममा एकजना अमेरिकी सैनिकको मृत्यु « Khabarhub

इराकमा तालिमका क्रममा एकजना अमेरिकी सैनिकको मृत्यु


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बग्दाद– अमेरिकी रक्षा विभागले इराकमा तालिमका क्रममा मारिएका सैनिकको पहिचान सार्वजनिक गरेको छ।

मृतकको नाम २६ वर्षीय सार्जेन्ट डेभिन ए. सिबेल रहेको छ। विभागका अनुसार, डेभिन सिबेलको ३१ मे मा इराकको एरबिल एयर बेसमा तालिम घटनामा मृत्यु भएको थियो।

सिबेल टेक्सासको रबिन्सन शहरका बासिन्दा थिए । उनी कोलोराडोको फोर्ट कार्सनमा रहेको एयर एम्बुलेन्स कम्पनी, दोस्रो बटालियन, चौथो कम्ब्याट एभिएसन ब्रिगेडमा तैनाथ थिए।

उनी अपरेशन इनहेरेन्ट रिजोल्भ अन्तर्गत इराकमा तैनाथ थिए। यो मिसन क्षेत्रमा आतंकवादविरोधी अभियानसँग सम्बन्धित छ।

रक्षा विभागले घटनाको पुष्टि गरेको छ तर मृत्यु कस्तो परिस्थितिमा भएको हो भन्ने जानकारी अझै सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ३ : ५७ बजे

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले

झारफुकको भाइरल भिडियो प्रकरण : जुम्लामा एक जना पक्राउ

काठमाडौं- झारफुक गर्ने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा

राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा देवीनाच अवलोकन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले १२ वर्षे देवीनाच पर्वका अवसरमा हनुमानढोकामा आयोजित