बालेन्द्रको राजीनामा माग्दै नेकपाको प्रदर्शन « Khabarhub

बालेन्द्रको राजीनामा माग्दै नेकपाको प्रदर्शन


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आबद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले प्रधानमन्त्री सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्रघाती दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका छन् । 

साथै प्रदर्शनकारीहरूले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा, झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन, आत्मसमर्पणवादको विरोध गरौँ, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो क्रममा नेकपाका नेता राजेन्द्र पाण्डेले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त घृणित, गैरजिम्मेवारपूर्ण र राष्ट्रिय अखण्डताकोविरुद्ध भएकाले विरोध गरिएको जानकारी दिए । 

उनले देशको प्रधानमन्त्रीले यस्तो कुरा बोलिसकेपछि अन्य विकसित मूलकहरूमा संसदबाट बाहिर निस्कने बित्तिकै राजीनामा दिनुपर्ने परिस्थिति हुने भए पनि नेपालमा यसलाई सामान्यीकरण गर्न खोजिएको भन्दै आपत्ति जनाए । 

नेता पाण्डेले यस विषयमा प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोलेँ भनेर माफी माग्नुपर्ने र त्यसो नगरे राजीनामा दिनुपर्ने स्पष्ट पारे  । 

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ६ : ०३ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन