कांग्रेसद्वारा बारा सभापति राजेश राय यादव निलम्बित « Khabarhub

कांग्रेसद्वारा बारा सभापति राजेश राय यादव निलम्बित


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण माग गर्दा कुनै जवाफ नदिएको भन्दै अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको उजुरी सम्बन्धमा छानबिन पश्चात् सर्लाहीका प्रदेशसभा सदस्यहरू सकुन्तीदेवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई आगामी दिनमा गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावलीप्रति पूर्ण प्रतिबद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरूप कार्य गर्न निर्देशन दिएको छ ।

त्यस्तै बैठकले बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) का उपर परेको उजुरीको सम्बन्धमा स्पष्टिकरण सोध्दा सन्तोषजनक जवाफ आएकाले थप कारबाही गर्नु पर्ने अवस्था नदेखिएकोले निजमाथि लगाइएको आरोपबाट सफाइ पाउने ठहर गरेको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ७ : ०५ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको