पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई « Khabarhub

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय दिन पनि नपुग्दै देशको राजनीति फेरि पुरानै विवाद र अवरोधतर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नयाँ पार्टीको नेतृत्वमा सरकार गठन भएको छोटो समयमै संसद् अवरुद्ध हुने, राजनीतिक दन्तबझान बढ्ने र जनताका आधारभूत एजेन्डा ओझेलमा पर्ने संकेत देखिनु विडम्बनापूर्ण भएको बताएका छन् ।

उनले अब कसैलाई पनि पुरानै अस्थिरताको राजनीति दोहोर्‍याउने र देशलाई गरिबी तथा बेरोजगारीको दुष्चक्रमा अल्झाइराख्ने छुट नरहेको उल्लेख गरेका छन् । सरकारका कमजोरी र त्रुटिको आलोचना गर्नुपर्ने भए पनि उसलाई पूरा कार्यकाल काम गर्ने अवसर दिनुपर्ने उनको धारणा छ ।

भट्टराईले लोकतान्त्रिक व्यवस्थामा सरकारको मूल्याङ्कन गर्ने अधिकार अन्ततः जनतासँग रहने भन्दै सरकारले अपेक्षाअनुसार काम गर्न नसके आगामी निर्वाचनमार्फत जनताले दण्डित गर्न सक्ने बताएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  १० : १७ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा