वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता « Khabarhub

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

'बिल लिएर उपहार जित्नुहोस्'


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन उपभोक्ता तथा व्यवसायीसँग आग्रह गरेको छ। कर अनुपालन बढाउन र वास्तविक कारोबारलाई प्रणालीमा ल्याउन विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो।

विभागले करदातालाई प्रोत्साहन गर्न हाल ‘उपहार कार्यक्रम’ समेत सञ्चालन भइरहेको जनाएको छ। उक्त कार्यक्रममा सहभागी भई पुरस्कार दाबी गर्न खरिद बिल अनिवार्य हुने भएकाले उपभोक्तालाई सामान वा सेवा लिँदा बिल माग्न आग्रह गरिएको छ।

यस्तै, हालसम्म स्थायी लेखा नम्बर (प्यान) नलिई व्यवसाय सञ्चालन गरिरहेकालाई तत्काल प्यान लिएर कर प्रणालीमा आबद्ध हुन विभागले ताकेता गरेको छ। वस्तु तथा सेवा बिक्री गर्दा उपभोक्तालाई अनिवार्य बिक्री बिल जारी गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै विभागले यसले कर प्रणालीलाई थप पारदर्शी बनाउने जनाएको छ।

बीजक लिने–दिने बानीको विकासले वास्तविक कारोबारको सही अभिलेख रहने र करदातामा स्वेच्छिक कर अनुपालनको संस्कृति प्रवर्द्धन हुने विभागको विश्वास छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थमन्त्री बनेपछि बिल अनिवार्य गर्न सबैलाई आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ७ : २३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले