दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक « Khabarhub

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

सिमलतालमा खसेको पहिरो हटाइयो


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई घण्टापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा दुवैतर्फको यातायात ठप्प बनेको थियो । पहिरो खसेलगत्तै खटिएको सडक डिभिजन कार्यालय भरतपुरको टोलीले मेसिन तथा उपकरणको प्रयोग गरी पन्छाएपछि बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा आएको हो ।

सडक खुलेसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन् । सो क्षेत्रमा वर्षासँगै बेलाबेलामा पहिरो खस्ने समस्या रहेकाले सतर्कता अपनाएर यात्रा गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : ०९ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड