दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक « Khabarhub

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

सिमलतालमा खसेको पहिरो हटाइयो


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई घण्टापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा दुवैतर्फको यातायात ठप्प बनेको थियो । पहिरो खसेलगत्तै खटिएको सडक डिभिजन कार्यालय भरतपुरको टोलीले मेसिन तथा उपकरणको प्रयोग गरी पन्छाएपछि बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा आएको हो ।

सडक खुलेसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन् । सो क्षेत्रमा वर्षासँगै बेलाबेलामा पहिरो खस्ने समस्या रहेकाले सतर्कता अपनाएर यात्रा गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : ०९ बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज