सरकार र ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित « Khabarhub

सरकार र ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएपछि उनको सत्याग्रह अन्त्य भएको छ । गत साउन १४ गतेदेखि अनसनमा बसेकी रानाभाटले सरकारसँगको वार्तापछि अनसन तोडेकी हुन् ।

सरकारी वार्ता टोली र अभियन्ता रानाभाटबीच भएको १९ बुँदे सहमतिपत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरेका छन् ।

सहमति

पारिश्रमिक तथा सेवा सुविधा: सरकारी, निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजमा कार्यरत नर्स तथा मिडवाइफहरूको पारिश्रमिक र सेवा–सुविधा निर्धारण गर्न मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गरी छ महिनाभित्र कार्यान्वयन गर्ने ।

निर्देशिका संशोधन: छात्रवृत्तिमा अध्ययन गरेका नर्स तथा स्वास्थ्यकर्मीहरूको योग्यताअनुसार तह र सुविधा समेट्ने गरी ‘छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७२’ लाई ३० दिनभित्र संशोधन गर्ने ।

छात्रवृत्ति र प्रवेश परीक्षा: मिडवाइफहरूलाई थप अध्ययनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले छात्रवृत्ति सुनिश्चित गर्ने र आगामी शैक्षिक सत्रदेखि नै प्रवेश परीक्षाको मिति कायम गर्न सीटीईभीटीलाई निर्देशन दिने ।

नर्सिङ अभ्यास र अनुगमन: अस्पतालहरूमा नर्सिङ प्रोसेस, केयर प्लान र डकुमेन्टेसन अनिवार्य लागू गर्ने तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनअनुसार ‘आरएमसी’ को अडिट कडाइका साथ कार्यान्वयन गर्न सात दिनभित्र परिपत्र गर्ने ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : ५२ बजे

ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई