मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते « Khabarhub

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

बुधबार राति करिब २:३० बजे पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको थियो । वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा ट्रक चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रकमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका-९ का ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको छ । गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा हेटौंडा अस्पतालमा बिहान ९:१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा मृतकका भतिज तथा ट्रक चालक २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनाका बेला ट्रकमा दुई जना मात्रै सवार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १० : २५ बजे

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा

केन्द्रीय बैंक ८५ अर्बको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल