राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले « Khabarhub

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक निकायका रूपमा मात्र नभई देशको आर्थिक रूपान्तरणको सहयात्री बनेर काम गर्न आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँगको समन्वय बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नियमनको उद्देश्य नियन्त्रण गर्नु मात्र नभएर उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम र सहज बनाउनु रहेको बताएका हुन् ।

“अहिलेको मुख्य आवश्यकता नीतिगत आत्मविश्वास हो,” अर्थमन्त्री वाग्लेले भने, “हामीले ‘यो सम्भव छैन’ भन्ने सोच छाडेर ‘यसलाई सम्भव बनाउन के गर्नुपर्छ?’ भन्ने दृष्टिकोणका साथ अघि बढ्नुपर्छ ।”

मन्त्री वाग्लेले पछिल्लो समय उद्योगी-व्यवसायी र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएका छलफलको सन्दर्भ जोड्दै निजी क्षेत्रले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम र छिटो निर्णय प्रक्रिया खोजेको स्पष्ट पारे । बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारी सिर्जनामा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा राष्ट्र बैंकका अधिकारीहरूले गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

“विगतमा नीतिगत रूपमा सही निर्णयहरू भए पनि कार्यान्वयनसम्म पुग्दा अपेक्षित परिणाम किन आएन ? बैंकमा तरलता हुँदा पनि उत्पादनमा कर्जा किन पुगेन?” भन्दै उनले मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा उठेका विषयलाई केवल औपचारिक टिप्पणीमा सीमित नराखी संयुक्त कार्यदल बनाएरै भए पनि कार्ययोजनामा रूपान्तरण गरिने उनले प्रतिबद्धता जनाए । आर्थिक सुधार, डिजिटल वित्त, फिनटेक र स्टार्टअप वित्तपोषणलाई सहज बनाउन राष्ट्र बैंकलाई नीतिगत स्पष्टता र तत्परताका साथ काम गर्न उनले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १० : ४० बजे

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा

केन्द्रीय बैंक ८५ अर्बको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त