नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ « Khabarhub

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त भएका छन् । सरकारले छनोट प्रक्रियामार्फत आवेदन दिएका उम्मेदवारमध्येबाट डा. आलमलाई परिषद्को अध्यक्षमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहमा बोल्दै मन्त्री मेहताले फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाएर लैजानुपर्नेमा जोड दिइन् । उनले औषधि सेवाको गुणस्तर सुधार, फार्मेसी शिक्षाको नियमन, पेसागत मर्यादा कायम र जनविश्वास अभिवृद्धिमा परिषद्ले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने भन्दै नवनियुक्त अध्यक्षलाई सोहीअनुसार काम गर्न निर्देशन दिइन् ।

अध्यक्ष आलमले परिषद्को गरिमा बढाउँदै फार्मेसी क्षेत्रको सुधार र नियमनमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ११ : १० बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले