काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू) « Khabarhub

काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले कुरूप बनेका छन् । 

योजनाविहीन पूर्वाधार विस्तार, सेवा प्रदायकबीच समन्वयको अभाव, पुराना तथा प्रयोगविहीन तार समयमै नहटाइनु, पोलको सीमित क्षमता र भूमिगत पूर्वाधारको कमीले सहरभित्र अव्यवस्थित तारको समस्या बढेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ अन्तिममा काठमाडौँका विभिन्न ६ वटा मुख्य रुटमा टेलिफोन तथा इन्टरनेटका तार १५ दिनभित्र व्यवस्थापन गर्ने योजना अघि बढाएको थियो । 

गत असार अन्तिममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संयुक्त बैठकमा साउन १५ भित्र सबै तार व्यवस्थापन गर्ने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

प्राधिकरणले त्रिपुरेश्वर–कालिमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ (गोंगबु), कीर्तिपुर क्षेत्र र पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रका तार व्यवस्थित गर्ने योजना बनाएको थियो । 

तर, त्यसमा सोचअनुसार प्रगति हुन सकेन । यो काम सक्न अझै थप १५ दिन लाग्ने र साउन मसान्तभित्र सक्ने प्राधिकरणको भनाइ छ ।

जथाभावी झुन्डिएका र फैलिएका तारका कारण करेन्ट लाग्ने, आगलागी हुने तथा तार चुँडिएर दुर्घटना हुने जोखिम बढी हुन्छ । साथै, मर्मत–सम्भारका क्रममा कुन सेवा प्रदायकको तार हो भन्ने छुट्याउन कठिन हुने भएकाले सेवा अवरुद्ध हुने, समय र लागत बढ्ने तथा एउटा तार मर्मत गर्दा अर्को सेवा प्रभावित हुने समस्या देखिन्छ । 

प्राधिकरणले तारमा आफ्नो कम्पनीको पहिचान खुल्ने ट्याग राख्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । यो पनि कार्यान्वयन हुन सकेको छैन । उपत्यकाको नयाँबजार, स्वयम्भू, बानेश्वरलगायत क्षेत्रमा देखिने तारको गुजुल्टो तस्बिरमा हेर्नुहोस् :

तस्बिरहरू : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १२ : २२ बजे

येन स्थिरतामा अमेरिकाको जोड

वासिङ्टन– अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान

नेपाली सेलिब्रिटीसँग कसरी नजिक भए ‘गजनी भिलेन’ प्रदीप रावत ?

काठमाडौं – लोकप्रिय बलिउड अभिनेता प्रदीप रावतको मंगलबार निधनपश्चात् नेपाली

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं– सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा

हिक्मत छोड्न तयार नभएपछि दबाब बढाउन ओलीले बोलाए प्रदेशका पदाधिकारीसहितको बैठक

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडानबाट पछि

सरकारका ७ निर्णय : सुनसरी-सिराहाका पीडितलाई राहत, लगानी बोर्ड, विश्वविद्यालय अनुदान आयोगमा नियुक्ति

काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकबाट विभिन्न प्रशासनिक, कानुनी तथा नीतिगत विषयसँग