धनुषामा सम्बन्धविच्छेदका घटना बढे « Khabarhub

धनुषामा सम्बन्धविच्छेदका घटना बढे


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । 

जिल्ला अदालतको पछिल्लो तथ्याङ्कले सामाजिक संरचना, बसाइसराइ, आधुनिक जीवनशैली, आर्थिक अवस्थाका कारण सम्बन्धविच्छेदको घटना बढेको देखाएको हो ।

अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ वटा मुद्दा दर्ता भएका थिए । 

अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ समेत अदालतमा सम्बन्ध विच्छेदका ५०० मुद्दा अदालतमा थिए । त्यसमध्ये २८१ मुद्दामा फैसला भइसकेको छ भने २१९ मुद्दा विचाराधीन रहेको सूचना अधिकारी महतोले बताए ।

अघिल्लो आव २०८१/८२ मा सम्बन्ध विच्छेदका ३१५ नयाँ मुद्दा दर्ता भएका थिए । त्यस वर्ष ३४७ मुद्दामा फैसला भएको थियो । एक सय ६७ मुद्दा चालु आर्थिक वर्षमा सरेका थिए । सम्बन्धविच्छेदसम्बन्धी मुद्दा लगातार बढ्दो दर्ता सङ्ख्याले धनुषामा वैवाहिक सम्बन्धमा तनावको प्रवृत्ति बढ्दै गएको देखाएको छ ।

शिक्षामा चेतनासँगै महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार, वैदेशिक रोजगारीका कारण लामो समयसम्म पति–पत्नी बेग्लै रहनुपर्ने परिस्थिति, सामाजिक सञ्जालको बढ्दो प्रयोग, पारिवारिक विवाद तथा घरेलु हिंसाका घटनाले वैवाहिक सम्बन्ध अन्त्यका घटना बढिरहेको कानुन व्यवसाय राजकुमार महासेठले बताए । 

उनका अनुसार गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीबाट ल्याएको परिवर्तन, एक्लै बस्न रुचाउने जीवनशैली तथा व्यक्तिगत स्वतन्त्रताको बढ्दो चेतनाले दाम्पत्य सम्बन्धलाई नयाँ चुनौती दिइरहेको छ ।

पछिल्लो समय महिला वा पुरुष दुवैले आफूलाई अन्याय भएको महसुस गरेमा कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको उनको भनाइ छ । बढिरहेको सम्बन्धविच्छेदले समाजमा एकातिर व्यक्तिगत अधिकारप्रति देखिएको जागरूकता तथा अर्कोतर्फ पारिवारिक सम्बन्धमा संवाद र सहिष्णुताको कमी हुँदै गएको सङ्केत पनि गरेको छ ।

कानुन व्यवसायी दीपककुमार विश्वकर्माका अनुसार सम्बन्धविच्छेदसम्बन्धी मुद्दा बढेसँगै अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थताको आवश्यकता पनि बढ्दै गएको छ ।

समयमै परामर्श, मनोवैज्ञानिक सहयोग, वैवाहिक शिक्षा र पारिवारिक संवादलाई प्रोत्साहन गर्न सके बढिरहेको सम्बन्ध विच्छेदका घटनालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने छ । रासस

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १२ : ५९ बजे

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं– सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा

हिक्मत छोड्न तयार नभएपछि दबाब बढाउन ओलीले बोलाए प्रदेशका पदाधिकारीसहितको बैठक

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडानबाट पछि

सरकारका ७ निर्णय : सुनसरी-सिराहाका पीडितलाई राहत, लगानी बोर्ड, विश्वविद्यालय अनुदान आयोगमा नियुक्ति

काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकबाट विभिन्न प्रशासनिक, कानुनी तथा नीतिगत विषयसँग

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्याबलाई

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले