हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु « Khabarhub

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे अभिव्यक्तिका कारण भाइरल भइरहन्छन् ।

संसद्मा केही ओजनदार कुरा राख्ने उनी सामाजिक सञ्जालमा भने अनेक विवादित टिप्पणी गरिरहँदा आलोचना र विरोधको केन्द्र भइरहन्छन्।

उनी अहिले झापाको दमकमा पुगेका छन् । त्यहाँ उनले श्रम संस्कृतिका नेता-कार्यकर्तालाई सम्बोधनका क्रममा पार्टीको गीत सबैले कण्ठ पार्नै पर्ने नयाँ नियम सुनाए ।

‘दमकले सुनुञ्जेल पार्टी सदस्यहरूले यो गीत गाउनु र गुञ्जाउनुपर्छ । गीत गाउन आएन भने म केन्द्रीय सदस्यहरूलाई पनि निकालिदिन्छु’, उनले भने, ‘म केन्द्रीय सदस्यहरूको परीक्षा लिन्छु म । यदि गीत गाउन आएन भने पार्टीबाट आउट !’

हर्कले दमकमा आयोजित कार्यक्रममा श्रमसंस्कृति पार्टीले आफ्नो प्रमुख गान बनाएको ‘देश आफैं बन्दैन गाली गर्दै अरूलाई’ भन्ने गीत गाएर अरूलाई पनि गुञ्जाउन लगाए ।

‘देश आफैं बन्दैन गाली गर्दै अरूलाई, देश आफैं बन्छ भने म पनि हात बाँधेर बस्छु । तर देश आफैं बन्दैन’, उनले भने, ‘श्रमसंस्कृतिमा आवद्ध सबैजना श्रमदाताले पार्टीको यो गीत कण्ठ पारेको हुनुपर्छ। यदि यो गीत आएन भने आउट, हर्क साम्पाङले भनेपछि सकियो।’

उनले अब देशमा पार्टीको यही गीतले हो परिवर्तन ल्याउने पनि दाबी गरे । ‘गीतैले गर्छ, यसले नै देशमा परिवर्तन ल्याउँछ। श्रम गर्न जाँगर आउनुपर्‍यो नि । गीत भनेको पेट्रोल जस्तो हो क्या’, उनले भने, ‘श्रम गर्ने जाँगर बढाउन पनि यो गीत सबैले गाउनै पर्छ।’

यस्तो छ गीत

देश आफैं बन्दैन गाली गर्दै अरूलाई
हातेमालो गरौँ आजै सच्चाएर आफैंलाई
श्रम गरौँ कर्म गरौँ कसको हेर्नु आश
अरू कोहीले बचाउँदैनन् हाम्रो देशको श्वास
यो देशको ढुंगा माटो, यो देशको कर्म
देशमाथि उठाउन आऊ गरौँ श्रम
रगत होइन, भिजाऊ यो देश
श्रम रोपी लहलह फलाऊँ यो देश

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १ : २६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।