लिङ्देन भन्छन् : धार्मिक सहिष्णुता बचाउन नेपाललाई संसारकै एक मात्र हिन्दु राष्ट्र बनाउनुपर्छ « Khabarhub

लिङ्देन भन्छन् : धार्मिक सहिष्णुता बचाउन नेपाललाई संसारकै एक मात्र हिन्दु राष्ट्र बनाउनुपर्छ


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनको तयारीका लागि १६ वटा समिति गठन गरिएको र नेता निरञ्जन थापाको संयोजकत्वमा विधान संशोधन समिति पनि बनाइएको पार्टीले जनाएको छ।

बुधबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल बहुजातीय र बहुधार्मिक मुलुक भएकाले जातीय तथा धार्मिक सहिष्णुता कायम रहनुपर्ने बताए।

उनले जात र धर्मका नाममा समाजलाई विभाजन गर्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै पछिल्ला घटनामा सरकारले समयमै संवेदनशीलता नदेखाउँदा देशले ठूलो क्षति व्यहोर्नुपरेको बताए। प्रभावितलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न तथा यस्ता घटना दोहोरिन नदिन सरकारले ठोस कदम चाल्नुपर्ने उनको माग थियो।

अध्यक्ष लिङ्देनले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै ‘अहिले शक्ति दुईतिर देखिनु अस्वाभाविक नभएको’ बताए। उनले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि अपनाइएको बाटोलाई पुनरावलोकन गर्नुपर्ने धारणा पनि राखे।

धार्मिक सहिष्णुता कायम राख्न नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने राप्रपाको पुरानै अडान दोहोर्‍याउँदै लिङ्देनले विश्वका विभिन्न धर्मका राष्ट्र रहेकाले नेपाल पनि हिन्दु राष्ट्र हुनुपर्ने बताए।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ३ : ०६ बजे

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम

सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं– प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष

बाढीबाट प्रभावित बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको

भोटेकोसीको बाढीमा फसेकाको गुहार : राज्य छ भने हेलिकोप्टरले उद्धार गरिदिनुस्

काठमाडौं- भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवाको मैलुङमाथि जंगलको ओडारमा

फुर्केखोलाको पुल बगेपछि धादिङ सदरमुकाम पृथ्वीराजमार्गसँग सम्पर्क बिच्छेद

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण धादिङ फुर्केखोलाको पुल बगेपछि धादिङ