डेन्यूबमा युद्धपोत फेरि देखिए « Khabarhub

डेन्यूबमा युद्धपोत फेरि देखिए


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह ऐतिहासिक रूपमा घटेपछि दोस्रो विश्वयुद्धका बेला डुबाइएका दर्जनौँ जर्मन युद्धपोत फेरि देखिन थालेका छन् । पानीको सतह घट्दै जाँदा नदीमा नौवहन प्रभावित भएको छ भने ऊर्जा उत्पादनदेखि नदी यातायातसम्ममा असर परेको छ ।

सर्बियाको प्रहोवो बन्दरगाह नजिक, सर्बिया र रोमानियाको सीमावर्ती क्षेत्रमा डुबाइएका युद्धपोतका खिया लागेका संरचना नदीमाथि देखिन थालेका छन् ।

केही जहाजमा नाजी झण्डा फहराइएका भाँचिएका खम्बासमेत अझै देख्न सकिन्छ । तीमध्ये केही युद्धपोतमा अहिले पनि विस्फोटक तथा हतियार रहेको विश्वास गरिएको छ ।

इतिहासकारहरूका अनुसार सन् १९४४ को सेप्टेम्बरमा सोभियत सेनाको अग्रगमन रोक्ने उद्देश्यले नाजी जर्मनीले डेन्यूबको प्रहोवो क्षेत्रनजिक करिब २०० युद्धपोत जानाजानी डुबाएको थियो । यद्यपि केही महिनापछि सन् १९४५ को मेमा नाजी जर्मनीले आत्मसमर्पण गरेको थियो ।

यी पुराना युद्धपोत हटाउने प्रयास विगतदेखि हुँदै आए पनि अधिकांश जहाजमा अझै विस्फोटक सामग्री रहेकाले काम जटिल बनेको छ । कम्युनिस्ट शासनकालमा तत्कालीन युगोस्लाभियाले केही युद्धपोत हटाएको भए पनि धेरै नदीमै बाँकी छन् । अहिले युरोपेली सङ्घ (इयु) को आर्थिक सहयोगमा सर्बियाले नदीलाई सुरक्षित र सहज बनाउने प्रयास अघि बढाइरहेको छ।

डेन्यूब नदी १० वटा युरोपेली मुलुक हुँदै बग्ने प्रमुख जलमार्ग हो । तर यस वर्षको अत्यधिक गर्मी र खडेरीका कारण पानीको सतह उल्लेखनीय रूपमा घटेपछि नदी यातायातमा कठिनाइ उत्पन्न भएको छ।

पानीको कमीले केही विद्युत् उत्पादन केन्द्र सञ्चालनमा समेत असर परेको छ भने मध्य तथा पूर्वी युरोपका केही सरकारले ऊर्जा बचतका उपाय अपनाएका छन् ।

विज्ञहरूले असामान्य गर्मी र खडेरीलाई जलवायु परिवर्तनसहित अन्य वातावरणीय कारणसँग जोड्दै आएका छन् ।

प्रहोवोका स्थानीय बासिन्दा क्रिस्टा ब्रान्डिकले पानीको सतह अत्यधिक घटेका कारण ठूला जहाजको आवागमन लगभग ठप्प भएको बताउँदै अहिले नदी पार गर्नसमेत कठिनाइ भएको जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ४ : ५३ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले