जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग « Khabarhub

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ युरोपका पूर्वउपाध्यक्ष तथा नेपाल समाचारपत्र का युरोप प्रतिनिधि दीपेन्द्र गजुरेलले समाचारसम्बन्धी फलोअप प्रतिक्रिया लिन सम्पर्क गर्दा प्रथम सचिव यादवले धम्कीपूर्ण अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार यादवले गजुरेललाई, ‘तपाईं कुन ठाउँमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ, थाहा छरु म अबदेखि तपाईंको फोन उठाउँदिन। थप समाचार लेख्नुभयो भने तपाईंलाई गाह्रो पर्छ, ब्याक फायर गर्छु,’ भनेका थिए।

उक्त अभिव्यक्तिलाई पत्रकारमाथिको मानसिक त्रास सिर्जना गर्ने, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण तथा कूटनीतिक आचरणविपरीतको कार्य भएको भन्दै विज्ञप्तिमा घोर भर्त्सना गरिएको छ ।

पत्रकारिताको व्यावसायिक दायित्व निर्वाह गर्ने क्रममा जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो व्यवहार हुनु निन्दनीय र गम्भीर विषय भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायसँग घटनाको तत्काल निष्पक्ष छानबिनको माग गरेको छ। साथै, विदेशमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरूको सुरक्षा, सम्मान र भयरहित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न पनि आग्रह गरिएको छ ।

पत्रकार गजुरेलले गत हप्ता राजदूतावासले कर्मचारी भर्ना गर्न निकालेको सूचना अनधिकृत तोडमोड गरेको प्रमाणसहित समाचार लेखेको थिए ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ८ : १३ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका