हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने « Khabarhub

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तत्कालका लागि हिक्मत कार्कीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेका छन्।

बुधबार पदाधिकारीसहित मुख्यमन्त्री कार्कीसँग भएको छलफलमा कार्कीले आफूलाई हटाउने निर्णय भए पार्टी सचिवालयबाट हुनुपर्ने अडान राखेका थिए। उनले संविधानको धारा १६८(५) अनुसार सरकार गठन भएकाले आफ्नो विकल्प सहज रूपमा नरहेको धारणा पनि बैठकमा राखेका थिए ।

त्यसपछि पदाधिकारीहरूसँग भएको आन्तरिक छलफलमा ओलीले हाललाई हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

बैठकमा सहभागी एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अहिलेको अवस्थामा कार्कीलाई नै निरन्तरता दिने सहमति भएको बताए। उनले भने, ‘अहिलेको परिस्थितिमा हिक्मतजी नै मुख्यमन्त्री हुनुहुन्छ। उहाँलाई नै निरन्तरता दिने विषयमा छलफल र सहमति भएको हो।’

बैठकमा पूर्वमुख्यमन्त्री शेरधन राई पनि सहभागी हुने चर्चा भए पनि उनी धरानमा आयोजित कार्यक्रममा रहेकाले उपस्थित नभएको बताइएको छ।

यसअघि कोशीको नेतृत्व परिवर्तनका लागि ओली सकारात्मक रहेको चर्चा भए पनि सचिवालयका अधिकांश नेताहरू हिक्मत कार्कीको पक्षमा देखिएपछि उनी तत्काल नेतृत्व परिवर्तन नगर्ने निष्कर्षमा पुगेको स्रोतको भनाइ छ।

संविधानअनुसार विश्वासको मत लिएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने व्यवस्था रहेको देखिन्छ । मुख्यमन्त्री कार्कीले कांग्रेस(एमाले गठबन्धन बनेपछि २०८१ असोज ३ गते विश्वासको मत लिएका थिए ।

उनले विश्वासको मत लिएको दुई वर्ष २०८३ असोज ३ गते मात्रै पूरा हुन्छ । ओलीले त्यसपछि मात्रै अविश्वासको प्रस्ताव दर्ता गराएर मुख्यमन्त्री हटाउन सक्ने तयारी गरेका हुन् कि भन्ने धेरैले आँकलन गरेका छन् । तर भविष्यमा उनले कस्तो कदम चाल्छन् त्यो भने हेर्न बाँकी छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : २२ बजे

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने

चीन सरकारको चासोपछि अन्तर्राष्ट्रिय तिब्बत अध्ययन सम्मेलन रद्द

काठमाडौं – भदौ पहिलो साताका लागि काठमाडौंमा तय गरिएको इन्टरनेसनल