शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु « Khabarhub

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेकी छन्। दुई वर्षपछि बुधबार भर्चुअल माध्यमबाट २५ मिनेट सम्बोधन गर्दै उनले जेल हालिए पनि वा मृत्युदण्ड दिइए पनि आफ्नो निर्णय नबदलिने बताएकी हुन्।

क्यामेरा बन्द राखेर गरिएको सम्बोधनमा हसिनाले आफूले स्वेच्छाले बंगलादेश नछोडेको दाबी गरिन्। प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि आफूलाई त्यहाँबाट निस्कन ३०–४० मिनेट मात्र समय रहेको र त्यसबेला देश छाड्नुपर्ने अवस्था आउने अनुमान नभएको उनको भनाइ थियो।

उनले आफ्नो पैतृक गाउँ तुंगीपाडा जाने तयारी गरिरहेकै बेला परिस्थितिका कारण देश छोड्नुपरेको बताइन्। आफ्नाविरुद्ध चलाइएका कानुनी कारबाही गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यबाट प्रेरित रहेको पनि उनले आरोप लगाइन्।

हसिना अगस्ट २०२४ देखि भारतमा बस्दै आएकी छन्। विद्यार्थी आन्दोलनपछि उनको सरकार ढलेको थियो र उनले ५ अगस्ट २०२४ मा ढाका छाडेकी थिइन्।

गत वर्ष नोभेम्बरमा ढाकास्थित विशेष न्यायाधिकरणले २०२४ को आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गरिएको कारबाहीलाई मानवताविरुद्धको अपराध ठहर गर्दै अनुपस्थितिमै उनलाई मृत्युदण्डको फैसला सुनाएको थियो। त्यसयता बंगलादेश सरकारले भारतसँग उनको प्रत्यर्पणको माग गर्दै आएको छ।

सम्बोधनका क्रममा हसिनाले अवामी लिगका नेता तथा कार्यकर्तामाथि हत्या, बेपत्ता पार्ने, गिरफ्तारी र झुटा मुद्दा लगाउने कार्य भइरहेको आरोप लगाइन्। उनले कम्तीमा १० हजार व्यक्ति मारिएको वा बेपत्ता भएको तथा १० लाखभन्दा बढी मानिसलाई अज्ञात अभियुक्त बनाएर मुद्दा दायर गरिएको दाबी गरिन्।

मिडिया रिपोर्टअनुसार हसिनाले सुरक्षा, कूटनीतिक तथा कानुनी संवेदनशीलतालाई ध्यानमा राख्दै भिडियोमा नआएर अडियोमार्फत मात्र सम्बोधन गरेकी हुन्।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : ४९ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका